ललितपुर ,फागुन ११
ललितपुरको महालक्ष्मी नगर वडा नंं.८ चाकामकलमा मूर्ति कारखानामा ग्याँस विस्फोट भई दुखद घटना भएको छ । विस्फोटमा पाँच जना घाइते भएका छन् । घाइतेको उपचारमा समस्या उत्पन्न भएको छ । विस्फोटमा परेर भक्तपुरका सुदिप नगरकोटी, ठोरीका विवेक बि.क.नुवाकोटका राजु सुनार, चितवनका अमित रसाईली र लेलेका ज्योती महतका पैसा अभावका कारण उपचारमा समस्या उत्पन्न आएको सामाजिक अभियन्ता गोपी कार्कीले आधारभूमि जानकारी गराए ।
घाइते मध्ये २ जना ललितपुर लेलेका ज्योती महत र भक्तपुरका सुदिप नगरकोटीको महानगरीय प्रहरी प्रभाग लुभुको सहयोगमा किष्ट अस्पतालमा पु¥याई उपचार भैरहेको छ । उनीहरुक मध्ये बाँकी ३ जना ५० प्रतिशत सरीर जलेर क्षति हुँदा समेत महालक्ष्मी नगरपालिका पूर्व मेयरको सानो र संकीर्ण सोचका निर्णयका कारण कुनै राहत उपचारको लागि व्यवस्था गर्न सकेको छैन । सोही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमलाल ज्ञवालीका अनुसार स्वास्थ्य शाखाको काम तत्काल अस्पताल पु¥याउने हो ,बाँकी अस्पतालले गर्ने जिकीर गरे । ग्याँस विष्फोट घटनामा समेत नेपाल सरकारले जनता र नेतामा विभेद गरेकोमा पिडित पक्षको भनाई छ ।
सरकारले एउटै प्रकृतिका ग्याँस विस्फोटनका घटनामा समेत विभेद गरी ठूला पार्टीका नेता चन्द्र भण्डारीको उपचारमा सरकारले सम्पूर्ण उपचारको जिम्मा सरकारले लिएर किर्तीपुरको वर्न अस्पतालबाट भारतको बर्न अस्पताल रेफर गरी सम्पूर्ण उपचार खर्च गर्ने हामी सर्वसाधारण जनतालाई भने दोश्रो दर्जाको व्यवहार गरी सानालाई ऐन ठूलोलाई चैन गरी नाङ्गो नाच देखाएको छ । घाइते मध्ये तीन जना ठोरीका विवेक बि.क.नुवाकोटका राजु सुनार, चितवनका अमित रसाईलीको उपचार भने किर्तीपुरको बर्न अस्पतालमा भर्ना गरी उपचार भई रहेको निजहरुको उपचारमा पैसाको अभावले उपचारमा कठिनाई भैरहेको मूर्ति कारखानाका मालिक बताउँछन् ।



