काठमाडौं,१० फागुन
नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्ष खोजी पत्रकारिताको पुरसकार आधारभूमि डट कमका सम्पादक तारा वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको छ ।
बरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले पत्रकार वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको हो ।
२०६४ सालदेखि पत्रकारिता गर्दै आएका पत्रकार वाग्लेले सुशासन, सार्वजनिक प्रशासन आन्तरिक तथा राष्ट्रिय सुरक्षा, अपराध, सामाजिक जनचासो लगायतका विषयमा कलम चलाउदै आएकी थिइन् ।
उनी हाल आधाभूमि डट कम र आइएनएस डटकममा कार्यरत छिन् । त्यस्तै विगत १५ बर्ष देखि पत्रकारिता गर्दै आएकी वाग्ले महिला माथि हुने विभेद, सार्वजनिक प्रशासन लगायतका विषयमा कलम चलाउदै आएकी छिन् उनले राजधानी, नेपाल समाचारपत्र, हिमाल खबर पत्रिका हुदै हाल आधारभूमि र आइएनएस डटकममा कार्यरत छिन । इन्जाले कान्तीपुर पत्रिकाका पत्रकार मात्रिका दाहाल लाई पुरस्कार प्रदान गरेको छ ।