neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्र बैंकले ठूला सहकारीको नियमन गर्ने

राष्ट्र बैंकले ठूला सहकारीको नियमन गर्ने

Feb 14th, 2023

काठमाडौं ,२ फागुन
संसदमा गत माघ २७ गते दर्ता गरएको सम्पत्ती शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रबद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न पेश गरेको विद्येयकले यस्तो व्यवस्था गर्न लागेको हो । सहकारीमा २५ करोड रुपैयाँ भन्दा बढी शेयर पूँजी र ५० करोड रुपैयाँ भन्दा बढीको बचत तथा ऋण सहकारीको नियमन, निरीक्षण तथा सुपरीवेक्षण अब राष्ट्र बैंकले गर्ने प्रस्ताव गरिएको छ ।

संसदमा दर्ता भएको विद्येयक अन्तर्गत राष्ट्र बैंक ऐन २०५८ मा संशोधन गर्दै यस्तो व्यवस्था गर्न लागिएको हो । राष्ट्र बैंकले यस्ता सहकारीलाई गरेको आदेश वा नियम पालना नगरेमा पदाधिकारी, सञ्चालक वा कर्मचारीलाई जरिवाना गर्न सक्ने व्यवस्था समेत गर्न लागिएको छ ।

त्यस्तै, यस्तो निर्देशन वा नियम पालना नभएमा सहकारीहरुको सेवा रोकका गर्ने, लाभांशमा रोक लगाउने, बचन संकलन र कर्जा जारीमा रोक लगाउने लगायतका सजाय गर्न सक्ने व्यवस्था समेत गरिन लागिएको हो ।