ललितपुर ,१ फागुन
महालक्ष्मी नगरपालिका–९ लामाटारस्थित सिस्नेरी माध्यामिक विद्यालयको ७२ औं बार्षिकोत्सव तथा नवनिर्मित भबन उद्धघाटन समारोह एक कार्यक्रमका बिच सम्पन्न भएको छ । आईतबार जापान सरकारको सहयोग रु। ३ करोड ८३ लाखमा निर्माण भएको नवनिर्मित भवनको उद्घाटन गर्नुहुदै नगरप्रमुख हरिगोबिन्द श्रेष्ठले नगरभित्रका सामूदायिक स्कूलको भौतिक पूर्वाधारलगायत स्तरोन्नतीमा ध्यान दिन विगत देखि नै पहल गर्दै आएको दाबी गर्नुभयो ।
‘स्कुलको योजनासहित प्रपोजल लिएर आउनुस्’ उहाँले भन्नुभयो, ‘ म आर्थिक सहयोगदेखि आवश्यक सबै सहयोग गर्न तयार छु ।’ नगरप्रमुख श्रेष्ठले सामूदायिक विद्यालयलाई निजी बिद्यालयसँग प्रतिस्पर्धामा जान सक्ने बनाउन नगरपालिकाको मिसन रहेको बताउनु भयो । यस्तै, नगरपालिकाकै प्रमुख प्रसाशकिय अधिकृत रोशन ज्ञवालीले माध्यामिक तहको शिक्षा स्थानिय सरकारको मातहतमा आईसकेकाले विगतको तुलनामा संङ्ख्यामा बृद्धि र गुणस्तरलाई थप अविभृद्धी गरी शैक्षिक स्तरलाई सुधार्न प्रयासरत रहेको उल्लेख गर्नुभयो ।
सामूदायिक स्कुलको गुणस्तर उकास्न एकल प्रयास मात्रैले हुने नभएकाले केन्द्रिय सरकारदेखि स्थानिय सरकार निजी संघसंस्था, शिक्षक, विद्यार्थी, अविभावक सबैको योगदान आवश्यक रहेको बताउनु भयो । वडा नं ९ का अध्यक्ष जयकृष्ण बोगटीले बर्षेनी दशौं अर्ब खाजा खर्च भएपनि सामूदायिक स्कुलमा खासै उपलब्धि नदेखिएको उल्लेख गर्दै आफू वडा भएपछि विदेश जानको लागिमात्रै ४ सय जनालाई सिफारिस गरेकाले सरकारी र निजी स्कुल टिकाउनकै लागि पनि केन्द्रिय स्तरमा आवाज उठाउन आवश्यक रहेको बताउनु भयो ।
वडा अध्यक्ष बोगटीले सामूदायिक स्कूलका व्यवस्थापन समितिका पदाधिकारीलाई आफ्नो परिवारका सदस्य सामूदायिक स्कूलमा पढाउनका लागि वडाबाटै सहयोग गर्न तयार रहेको पनि जानकारी गराउनु भयो । जिल्ला आयोजना कार्यान्वय इकाइका पूर्व प्रमुख गुणराज पोखरेलले सिस्नेरी मा.वि. को भवन निर्माणका लागि आफूले पनि पहल गरेको स्मरण गर्नु हुदै करोडौमा बनेको भौतिक संरचना पूर्वाधार निर्माणको उच्चतम प्रयोग गर्न सुझाव दिनुभयो ।
उहाँले स्थानिय सरकारलाई शिक्षकलाई प्रशिक्षण, प्रस्तुती विकास गर्न आर्थिक सहयोग गरिदिन आग्रहसमेत गर्नुभयो ।
कोभिड भन्ने वित्तिकै १६ खत पनि माफ हुने तर, शिक्षकको प्रस्तुती, क्षमता विकास, साधन सम्पन्न विषयगत समिति, छलफल, गोष्ठी र कार्यशालाको आयोजना गर्न कन्जुस्याई भईरहेकाले नगरपालिकाले शिक्षकलाई लेखन प्रकाशन गर्ने अवसर दिनको लागि साधन सम्पन्न गराउनेतर्फ सचेत गराउनु भयो ।
ब्लांक बोर्डबाट ह्वाईट बोर्ड हुदै स्मार्ट बोर्डमा छलाङ् मार्नु पर्ने उल्लेख गर्दै पूर्व प्रमुख पोखरेलले स्मार्ट बोर्ड भए विद्यार्थीले गम्भिरता पूर्वक पढाईमा ध्यान दिने बताउनु भयो । ‘बालबालिकाले जे गर्न सक्छ त्यही बनाउने हो’ उहाँले भन्नुभयो, ‘सबैलाई डाक्टर इन्जिनियर बनाउन जरुरी छैन ।’ ‘छोराछोरीलाई जस्ले पढाउन सक्दैनन् उनीहरुका लागि ‘पढ्दै कमाउदै’ भन्ने कार्यक्रम आएको छ, अगाडी भन्नुभयो, ‘बाख्रा वा वंगुर पालेर पढाउन सरकारले सहयोग गर्छ ।’
स्कूलको हेडमास्टरले हरेक दिन निरिक्षणको जिम्मा लिएर विद्यार्थीको हेण्डराईटिङ् सपार्न नेपालीलाई डिकामुनि र अग्रेजीलाई डिकामाथि लेख्नेगरी शिक्षकको अध्यापनमा पनि ध्यान दिन पूर्व प्रमुख पोखरेलले आग्रह गर्नुभयो । विद्यालयको अक्षय कोषमा ४० हजार प्रदान गर्नुभएका व्यासप्रसाद आचार्यले खाँदा र अविर र सम्मान पत्रमा नभई विद्यालयको स्तरोन्नतीमा खर्च गर्न आग्रह गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन तण्डुकारले आएका सुझावलाई शिरमा राखेर आगामी पाँच बर्षभित्र ८ सय विद्यार्थी पुर्याउने र प्रविधिमैत्री विद्यालय बनाउन कुनै कञ्जुस्याई नगर्ने अठोट व्यक्त गर्नुभयो । उहाँले शिक्षण सिकाईमा नविनतम प्रविधियुक्त संस्कारसहितको शिक्षायुक्त, मन्टेश्वरी कक्षा संचालन, खेलकुद, अतिरिक्ति क्रियाकलाममा विद्याथीहरुको चाहना अनुसार सास्कृतिक कार्यक्रम र स्काउटसहित समितिले सामाजिक सेवामुलक काम गर्दै आएको धारणा राख्नुभयो ।
अध्यष तण्डुकारले चार बर्षअगाडीको पूर्व विद्यार्थी समाजलाई अगाडी बढाउन सहयोग गर्नुको साथसाथै विद्यालय भवन, खेल मैदान, कम्प्युटर, शिक्षा ल्याव तयारी गरी विद्यार्थीहरुलाई शुद्ध खानेपानीको व्यवस्था गर्दै आएको जानकारी दिनुभयो ।
विद्यालयमा भर्ना हुने प्रवृधिमैत्री उद्यमशिल नागरिक समन्वय सहकार्यमार्फत विश्वास आर्जन गरी शैक्षिक दृष्टिकोणसहित ५ बर्षभित्र गुणस्तरिय शिक्षा हासिल गर्ने लक्ष्य राखेको उहाँले बताउनु भयो । विद्यालयलाई बालमैत्री केन्द्र बनाउन स्थानिय पाठ्यक्रमलाई प्रविधियुक्त व्यवसायिक शिक्षा, विद्यालय निर्माण, आर्थिक स्रोत व्यवस्थापन, प्रमुख चुनौती भएकाले सवै पक्षको सहयोगको आवश्यकता रहेको उद्घोष गर्नुभयो । पूर्व शिक्षक गणेशमान श्रेष्ठले विद्यालय, विद्यार्थी, अविभावक र सरकार उस्तै हुनुपर्ने कुनै भेदभाव राख्न नहुने भनाई धारणा राख्नुभयो ।

