neapl investment mega bank
  • गृहपृष्ठ
  • सूर्यविनायक नगरपालिकामा कित्ताकाट रोके पनि जग्गा प्लानिङ्ग कार्य रफ्तारमा

सूर्यविनायक नगरपालिकामा कित्ताकाट रोके पनि जग्गा प्लानिङ्ग कार्य रफ्तारमा

Feb 11th, 2023

आधारभूमि संवाददाता
ललितपुर, माघ २८
भक्तपुरको सूर्य विनायक नगरपालिकामा कित्ताकाट रोकिए पनि खेती योग्य जग्गामा प्लटिङ्ग गर्ने क्रम सफ्तारमा बढेकोे पाइएको छ । सूर्यविनायक नगरपालिको नलिञ्चोकमा करीब ६ सय रोपनी जग्गामा प्लटिङ्ग गरेको देखिन्छ । सरकारले २०७९ जेठ २ गते भू–उपयोग नियमावली ल्याए पनि वडाहरु र नगरपालिकाको आफूखुसी मनपरी ढङ्गबाट निर्णय गरी भू–उपयोग नियमावलीको वास्ता नगरी खेती योग्य जग्गामा माटो सम्याउने, डोजर लगाउने जग्गा टुक्रा पार्ने काम गरिरहेको पाइएको छ ।

नगरपालिकाले २०७९/ १०/१९ मा सात बुँदे निर्णय गरेता पनि १ वर्ष अघि देखि खेती योग्य जग्गामा माटो सम्याउने, डोजर लगाउने जग्गा टुक्रा पार्दै आएको स्थानीय बताउँछन् । त्यस्तै अन्य वडाहरुमा पनि माटो सम्याउने, डोजर लगाउने, जग्गा टुक्रा पार्ने क्रम बढ्दै गएका छन् । यस विषयमा सूर्यविनायक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेलका अनुसार यस विषयमा आफुलाई केही जानकारी नभएको वडा अध्यक्षहरु संग बुझ्न आग्रह गरे । केही वडा अध्यक्षहरुलाई टेलिफोन सम्पर्क गर्दा फोन उठाउन इन्कार गरेका छन् । वडा नं. ९ का वडा अध्यक्ष भगवान खत्रीका अनुसार जग्गा बर्गीकरण गरी वडा नगरस्तरीय निर्णय अनुसार ५ वर्ष पछि कित्ताकाट गर्ने सर्तमा प्लटिङ्ग गरिएको बताए ।