neapl investment mega bank
  • गृहपृष्ठ
  • नवसोच बहुउद्देश्यीय सहकारी संस्थाको प्रारम्भिक साधारण सभा सम्पन्न

नवसोच बहुउद्देश्यीय सहकारी संस्थाको प्रारम्भिक साधारण सभा सम्पन्न

Jan 1st, 2023

ललितपुर ,पौष १७
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ८ स्थित कार्यालय रहेको नवसोच बहुउद्देश्यीय सहकारी संस्थाले प्रारम्भिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाको शेयर पूँजी १ करोड रहेको, सदस्य संख्या २ सय ९० जना र चापागाउँमा १ शाखा कार्यालय समेत संचालन भएको संस्थाका अध्यक्ष बासुदेव कर्माचार्यले बताउदै संस्थाले महालक्ष्मी नगरका १० वटै वडाका वडा अध्यक्षहरुलाई प्रमाण पत्र सहित अभिनन्दन गरी महालक्ष्मी नगर भित्र रहेका जेष्ठ नागरिकहरुबाट सव भन्दा जेष्ठ १ जना महिला १ जना पुरुष गरी २० जना जेष्ठ नागरिकलाई दोसल्ला र सम्मान प्रदान गरिएको थियो ।