neapl investment mega bank
  • गृहपृष्ठ
  • पाँच महिनामा कार्वाहीमा परे १७ सय २५ फर्म

पाँच महिनामा कार्वाहीमा परे १७ सय २५ फर्म

Dec 5th, 2022

काठमाडौं, १९ मङ्गसिर
देशमा बलियो र स्थायी, स्थिर सरकार नभएको मौका छोपी व्यापारीहरुले मनोमानी ढङ्गले बजार भाउ बृद्धि गरी मूल्य आकासिए पछि गत पाँच महिनामा भित्रमा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनमा खटिएको टोलीले बजार अनुगमन गर्दा व्यावसायीहरुले मनोमानी ढङ्गले सडे गलेका सामान म्याद गुिज्रएका सामान र कुहिएको सामान बिक्री वितरण गर्ने व्यवसायीहरु मध्ये ३ सय ५१ फर्महरु कारवाहीमा परेका छन् ।

विभागले ५ सय १० फर्मलाई कारवाही गरी ६४ लाख ९ हजार १ सय जरिवाना गरिएको छ भने ३० लाख ११ हजार ८ सय ५४ रुपैयाँ बराबरको सामाग्री नष्ट गरिएको आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका टोलीले विना दर्ता चलाएका फर्म र विना दर्ता व्यवसाय सञ्चालन चलाएका फर्महरुलाई कारवाही गर्ने चेतावनी समेत दिएको विभागका सूचना अधिकारी होमनाथ भट्टराईले जानकारी गराए ।