काठमाडौ ६ मंसिर
नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ काठमाडौं–९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे । सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ६ हजार ४०२ मतसहित तेस्रो स्थानमा सीमित भइन् ।
निर्वाचन क्षेत्र नं ९ बाट दोस्रो जित हासिल गरेका एमाले नेता कृष्णगोपाल श्रेष्ठले आफ्नो जित सम्पूर्ण मतदाताको जित भएको बताएका छन् । निर्वाचन अघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९ सय ९५ मतले पछि पार्दै आठौं पटक उम्मेदवारी बनेर चौथो जित निकालेका श्रेष्ठले यो जित आफ्नो नभइ सम्पूर्ण मतदाताको भएको बताएका छन् ।
अब जनताको घर घरमा गएर थप काम गर्ने तथा जनताको योजना अनुसार विकास निर्माणको गतिलाई थप तीब्र गतिमा लौजाने श्रेष्ठले वताए ।