neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुर क्षेत्र नं २ मा एमालेका महर्जन र स्वतन्त्रका शाक्यबीच टक्कर

ललितपुर क्षेत्र नं २ मा एमालेका महर्जन र स्वतन्त्रका शाक्यबीच टक्कर

Nov 21st, 2022

ललितपुर ५ मंसिर

ललितपुर क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र हाम्रो नेपाली पार्टीबीच प्रतिस्पर्धा देखिएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनलाई हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले पछ्याइरहेका छन् । शाक्यको चुनाव चिह्न लौरो हो ।

ललितपुर क्षेत्र नं २ का निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार आज दिउँसो साढे ४ बजेसम्मको मतपरिणाम हेर्दा एमालेका उम्मेदवार महर्जन आठ हजार छ सय ७८ मतसहित अगाडि छन् ।

त्यस्तै, हाम्रो नेपाली पार्टीका उम्मेदवार शाक्यले छ हजार सात सय मत पाएका छन् । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का कृष्णलाल महर्जनले चार हजार आठ सय २८ मत ल्याएका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले चार हजार छ सय ६२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले तीन हजार आठ सय ३४ मत पाएका छन् ।