ललितपुर २६ कार्तिक
आगामी मंसिर ४ गतृ हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको प्रचारप्रसार गर्दै ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ८ मा हाम्रो नेपाली पार्टीले कोण सभा सम्पन्न गरेको छ । ललितपुर क्षेत्र नं.२ का हाम्रो नेपाली पार्टीका प्रतिनिधि सभाका उम्मेदवार डा. सुदिन शाक्यले आउदो मंसीर ४ गतेको निर्वाचनमा आफूलाइ जिताएमा ललितपुरमा जनताको स्वास्थ्य सुरक्षाको लागि ललितपुर जिल्ला अस्पताल बनाउने, मालपोतको जग्गा बेचबिखनबाट जम्मा भएकोे १५÷१६ अर्ब रकमबाट वातावरणमा सुधार गर्नै वताउनुुभएको छ । अर्वान हेल्थ केयर अस्पताल बनाई जनताको उपचार गर्न सहज बनाउने तथा शिक्षा, स्वाथ्य र रोजगारको क्षेत्रमा लाग्ने बताउदै उहाँले शिक्षा र स्वास्थ्यको क्षेत्रमा अक्षय कोष स्थापना गरी असाहाय विद्यार्थीहरु शिक्षा र स्वास्थ्य उपचारबाट बञ्चित हुनबाट रोक्ने , ठाउँ ठाउँमा सार्वननिक शौचालय बनाउने, दुर्गम मानिएको लाकुरी भन्ज्यांङ्ग, मानेदोवानमा एम्बुलेन्स सेवा नएकोले एम्बुलेन्स सेवा सञ्चालन गरी त्यस भेगका जनतालाई छिटो अस्पताल पु¥याउने व्यवस्था गराउन पहल गर्नेमा जोड दिनुुभयो ।
त्यस्तै ललितपुर क्षेत्र २÷१ प्रदेश सभाका उम्मेदवार गंगाराम रिजालले अहिले भएका राजनीतिक दलहरुले युवाहरुको मागलाई बेवास्ता गरेको युवालाई रोजगारी र राजनीतिमा लाग्न समेत बञ्चित गरेकोले देशमा परिवर्तन ल्याउन स्वतन्त्रलाई जिताउन आग्रह गर्नुभयो ।