ललितपुर २४ कार्तिक
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ललितपुर क्षेत्र नं. २ बाट नेकपा एमालेका उम्मेदवारले जित्ने आंकलन गरिएको छ । एमाले उमेदवारले आज ललितपुरमा घरदैलो कार्याक्रमका सहभागी मतदाताको उत्साह हेर्दा एमालले जित्ने आंकलन गरिएको हो ।
ललितपुरका विभिन्न टोलमा चुनावी प्रचारप्रसारमा व्यस्त एमाले उमेदवारहरुले एमालेलाई विजयी गराएमा राष्ट्रिता जोगाउन र ललितपुरका जनतालाई समृद्धितिर लैजान एमालेले सघैं पहल गर्ने वताएका थिए ।
लललितपुर २ का एमाले उमेदवार प्रेमबहादुर महर्जनले आफ्नो क्षेत्रमा रहेका सांस्कृतिक सम्पदा, हस्तकला तथा पूर्त अमूर्त सम्पदाहरुको संरक्षण, विकास तथा व्यवसायीकरण आफ्नो मूल चुनावी एजेन्डा भएको बताएका छन्। उनले ललितपुरको लुभु र सिद्धिपुरलगायत नेवारी संस्कती र पर्यटकीय स्थलहरुमा रहेका मुर्त र अमुर्त कला संस्कृतीको संरक्षण र पर्यटनको प्रवद्धनका लागि ठोस योजना ल्याउन सधाउने बताएका छन् ।
घरदैलो कार्यक्रममा ललितपुरका स्थानीय एमालेप्रति आर्कर्षित भइरहेको देखिन्थ्यो । उमेदवारसंग उनीहरुले विकास र संमृद्धिको प्रतिवद्धता कार्यान्वयन गर्ने वाचा गरेमा भोट पनि पक्का हुने वताएका थिए ।