ललितपुर ,२० कार्तिक
ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ७ मा एकीकृत मुक्ति नेपाल पार्टीले कोण सभा सम्पन्न गरेको छ । पार्टीका केन्द्रीय सदस्य उपेन्द्र भट्टराईले सम्बोधन गर्दै अहिले भैरहेको काँग्रेस, एमाले, माओवादी सभमाजवादी, लगायतका दलीय व्यवस्थाले जनताको समस्यामा मलहम लगाउन नसकेको र जनता झन् गरिव, नेपाल राष्ट्र झन कंगाल बन्दै गएको हाल भएको संघीय लोकतान्त्रिक गणतन्त्रले सुनिश्चित गरेको प्रतिनिधि सभा प्रदेश सदस्यहरुको संख्या धेरै भएको र नेपाल राष्ट्रको आर्थिक अवस्था धान्न नसक्ने अवस्थामा भएकोले अब प्रदेश खारेज गर्नु पर्ने माग राख्दै यो व्यवस्थाले जनता महंगी, भ्रष्टाचार, अत्याचार,MCC पास जस्ता अत्याचार बढेकाले एकीकृत शक्ति नेपाल पार्टीको जन्म भई देश र जनताको हरेक समस्यामा जनताको सारथी बनेर जाने जनताको आर्थिक उन्नति, सम्बृद्धि तिर लैजाने बताए ।
कार्यक्रममा केन्द्रीय उपसभापति सम्भुमान प्रधान, पार्टी महिला संघ अध्यक्ष अन्जना प्रधान, ललितपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदावार सुरेश महर्जन लगायत विभिन्न तह र तप्काका सदस्यहरुको उपस्थिति रहेको थियो ।