neapl investment mega bank
  • गृहपृष्ठ
  • यस्ता छन् ललितपुर क्षेत्र नं १का प्रदेश सभा उम्मेदवार चेतनाथ सञ्जेलका चुनावी प्रतिवद्धता

यस्ता छन् ललितपुर क्षेत्र नं १का प्रदेश सभा उम्मेदवार चेतनाथ सञ्जेलका चुनावी प्रतिवद्धता

Nov 5th, 2022

ललितपुर १९ कार्तिक

ललितपुर क्षेत्र नं १ (२) वाग्मती प्रदेश सभा सदस्य पदका उम्मेदवार तथा पूर्व प्रदेश सभाका सांसद चेतनाथ सञ्जेलले आफ्नो क्षेत्रको विकासको लागि विभिन्न प्रतिवद्धता ल्याएका छन् ।

उनले गोदावरी नगरपालिका वडा नं ११ मा अवस्थित बज्रवाराही चापागाउँ अस्पताललाई एक सय शैयामा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । चापागाउँमा रहेको बज्रबाराही अस्पताललाई प्रदेश मातहतको जिल्ला अस्पतालमा रुपान्तरण गर्न सफल भएको वताउदै उनले नयाँ आधुनिक प्रविधिको थप सहित उत्कृष्ठ सेवा उक्त अस्पतालबाट दिने बनाउन पहल धारण राखे ।

उनले भने “यस अस्पतालमा ललितपुरका ६ वटा स्थानीय तह मध्ये ४ स्थानीय तहको केन्द्रबिन्दुमा पर्ने भएकाले यो तर्फ मध्यनजर गरी सेवा तथा सुविधा थप गर्नेछौं ।” यसैगरी आफूले अघिल्लो कार्यकालमा बाग्मती गाउँपलिकाको प्युटार स्थित थाङ्सिङटारमा १५ शैयाको ‘गाउँपालिका स्तरीय अस्पताल’ निर्माण सम्पन्न गरेको बताउँदै अब यसलाई पनि चिकित्सक सहितको सेवा सुरु गर्न आफ्नो पहल रहने उनको दावी गरे ।

सञ्जेलले विगत ५ वर्षे कार्यकालमा आफूले पाँच वर्षमा दक्षिण पहाडी ललितपुरको विकास निर्माणका सवालमा ऐतिहासिक फड्को मारेको धारणा राख्दै सुरु गरिएका रणनीतिक बहुवर्षीय सडक आयोजना ,कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यका आयोजना पूरा गर्नु अबको आफ्नो एजेन्डा रहेको उनले वताए
“यस अघि म प्रदेश सांसदको रुपमा रहँदा दक्षिण ललितपुरका सडक सञ्जालको स्तरोन्नति र सबलीकरणमा मेरो पहिलो प्राथमिकता रहे अनुरुप पहिलो वर्ष नै बाग्मती गाउँपालिकाको बगुवाबाट प्युटार, आश्राङ, गिम्दी ,ठुलादुर्लुङ हुँदै महाङ्काल गाउँपालिकाको चन्दनपुर जोड्ने सडक निर्माण र कालोपत्रको लागि साढे ३७ करोड रकम प्रदेश मार्फत विनियोजन गराउन सफल भएको थिए ।

त्यसैगरी बिर्खेधारा दलचोली शंखु इकुडोल हुँदै आश्राङ जोड्ने सडकको लागि १६ करोड ७७ लाख विनियोजन भई बहुवर्षीय योजनामा परेको, छपेलीबाट बाग्मती गाउँपालिका हुँदै इकुडोल जोड्ने पक्की सडक, चापागाउँको टाहाखेल बाट न्यौपानेगाउँ तथा विष्टगाउँ हुँदै बडिखेल जोड्ने सडक बहुवर्षीय योजनामा परेको छु”, उनले भने ,“ पर्यटन, संस्कृती, सामुदायिक भवन निर्माण, सहकरी भवन निर्माण, खानेपानी, सिँचाइ, कला लगायत विविध क्षेत्रमा मैले धेरै काम सुरु गरेको हुँदा ती कामलाई सम्पन्न गर्दै विकास निर्माण, जनताको सुखदुख र मानवीय आवश्यकतालाई परिपुर्ती गर्नका लागि मङ्सिर ४ मा आफू सहित एमालेका उम्मेदवारहरुलाई विजयी गराउन अनुरोध गर्दछु ।”

यसैगरी शिक्षातर्फ प्युटारको कालीदेवी माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा ‘बाली विज्ञान’ विषयको अध्ययन अध्यापन भईरहेको छ । आफ्नो निर्वाचन क्षेत्रमा यस्तो एउटा पनि सामुदायिक विद्यालय छैनन् जहाँ उनको तर्फबाट सहयोग नभएको होस जस्लाई शैक्षिक गुणस्तर वृद्धिमा थप ध्यान दिने सञ्जेलको घोषणा छ ।