neapl investment mega bank
  • गृहपृष्ठ
  • एमालेले जितेमा देशले सफल नेतृत्व पाउँछः पौडेल

एमालेले जितेमा देशले सफल नेतृत्व पाउँछः पौडेल

Nov 5th, 2022

ललितपुर १९ कार्तिक

ललितपुर क्षेत्र नं १ (१) नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सभा सदस्य पदका उम्मेदवार मधुसुदन पौडेलले आसन्न निर्वाचनमा एमाललेले जितेमा मुलुकले सबल र सफल नेतृत्व प्राप्त गर्ने बताएका छन् ।

पत्रकारसँग भेटघाटका क्रममा उनले आज आफ्ना पार्टीका साथै आफू र आफ्ना साथीहरुले निर्वाचनमा विजय हासिल गरे नेपालमा समतामुलक समाज निर्माण हुने दाबी गरेका हुन् । उनले नेपाली जनताले यो निर्वाचनलाई धेरै हदसम्म आशा गरेका वताउदै निर्वाचन पश्चात मुलुकले सबल र सफल नेतृत्व सहित राजनीतिक स्थीरता पाउनाका साथै विकास निर्माणले समेत नयाँ गति लिनेमा जोड दिए । मुलुकको प्रशासनमा देखिएको भ्रष्टाचार, प्रशासन संयन्त्रमा देखिएको भ्रष्टाचार र शासनमा देखिएको कुशासन अन्त्य गर्ने मेरो दायित्व रहने पौडेलको धारणा छ ।

नेकपा एमालेले सुुशासनयुक्त समाज, नेपाली जनताले चाहेको समाज, नेपालको लोकतन्त्र प्राप्तिका लागि गणतन्त्र नेपालको समाज, र भ्रष्टारमुक्त समाज निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले
आफूले पनि सोही अनुरुप मुलुकमा सुशासनयुक्त समाज निर्माण गरी भ्रष्टाचार निमूल गर्ने कामलाई पहिलो प्राथमिकता राख्ने भएको जानकारी गराए ।
ललितपुरका वस्ती व्यवस्थीत तथा आधुनिकीकरण र समृद्ध बनाउँदै जाने एवं यहाँका जनजीवनका सवाललाई ध्यान दिने आफ्नो पहिलो जिम्मेवारी रहने पौडेलले सुनाए।