neapl investment mega bank
  • गृहपृष्ठ
  • लेले चन्दनपुर सडकलाई राष्ट्रिय महत्वको सडकको रुपमा विकास गर्नेछुः नवराज सिलवाल

लेले चन्दनपुर सडकलाई राष्ट्रिय महत्वको सडकको रुपमा विकास गर्नेछुः नवराज सिलवाल

Nov 5th, 2022

सुभानु आचार्य
ललितपुर ,१९ कार्तिक

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नवराज सिलवालले आसन्न निर्वाचनमा आफू निर्वाचित भएपछी लेले चन्दनपुर सडक खण्डलाई विस्तार गरी ठुलादुर्लुंङ तथा मकवानपुरको फापरबारी हुँदै धरान–चतरा सडकमा जोडेर राष्ट्रिय महत्वको सडकको रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल ललितपुरले आज आयोजना गरेको ‘ललितपुर क्षेत्र नं १ नेकपा एमालेको तर्फबाट प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारसँग साक्षात्कार कार्यक्रम’ मा बोल्दै उहाँले विगतमा लेले– चन्दनपुर सडक मात्र हुँदा यसलाई प्रदेश मातहतको रुपमा लिएको र प्रदेशले विविध कारण आवश्यक बजेट विनियोजन गर्न नसक्दा उक्त सडक निर्माण र स्तरोनतिको काम अगाडी बढाउन नसकेकाले अब पूर्णता दिने बताउनुभएको हो ।

अब आफू निर्वाचित भएर गईसकेपछि त्यसलाई राष्ट्रिय महत्वका सडकको रुपमा अगाडी बढाउने उहाँको भनाइ छ । “यस सडकका लागि मैले राष्ट्रिय योजना आयोग लगायतका निकायसँग पनि आवश्यक परामर्श र समन्वय गरिरहेको छु”, उहाँले भन्नुभयो । यसैगरी बज्रबाराही जंगललाई रोमको पार्क हाईटको रुपमा विकास गर्ने, बागमती करिडोर, नख्खु करिडोर, कर्मनासा करिडोर तथा गोदावरीखोला करिडोर निर्माणलाई अगाडी बढाउने, फल्चा, पोखरी, पार्क र ढुंगेधाराहरु निर्माण गर्ने, फास्ट ट्रयाक निर्माणलाई निरन्तरता दिने, क्लिंकरको उपलब्धता रहेको माल्टामा सस्तो र गुणस्तरीय सिमेन्ट उद्योग सन्चालन गर्ने, दलचोकी, फुलचोकी, माझखण्ड र कालेश्वरको डाँडालाई उत्कृष्ठ पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने र गोदावरी नगरपालिकाको चापागाउँ शहरलाई आधुनिकता सहित लिच्छिवीकालीन शहरको रुपमा विकास गर्ने आदि सिलवालका भावी योजना रहेका छन् ।

ललितपुर जिल्लाको कर्णालीको रुपमा रहेको दक्षिण ललितपुरको सडक, कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटनका विषयमा आफू र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रशस्त काम गरेको उहाँले दाबी गर्नुभएको छ । भौतिक विकासलाई मात्र दीर्घकालीन विकासको रुपमा लिन नसकिने बताउँदै सिलवालले अबका दिनमा भौतिक विकास संगसँगै आर्थिक रुपमा सबल तथा सक्षम समाज निर्माण गर्न लाग्नुपर्ने सिलवालको धारणा रहेको छ ।

“पाँचवर्षे विगतको कार्यकालमा आफूले प्रमुख राष्ट्रिय गौरवको रुपमा रहेको गोदावरीमा निर्मित अन्तराष्ट्रिय सभाहललाई यस क्षेत्रमा ल्याउन भूमिका खेलेको, स्थानीय क्षेत्रमा मझौला तथा कुटिल उद्योगग्रामहरुको स्थापना, महिला र पलायन भएका युवाहरुलाई आफ्नै माटोमा रोजगारी र स्वरोजगारीका अवसरहरुको सिर्जना, सडक निर्माण, सामुदायिक सांस्कृतिक भवन र सम्पदाहरुको विकास, कृषिको आधुनिकीकरण गर्न अब मेरो ध्यान जानेछ”, उहाँले थप्नुभयो ।

त्यसैगरी, ललितपुर क्षेत्र नं १ (१) बागमती प्रदेश सभा सदस्य पदका उम्मेदवार मधुसुदन पौडेलले मुलुकको प्रशासनमा देखिएको भ्रष्टार, प्रशासन संयन्त्रमा देखिएको भ्रष्टाचार र शासनमा देखिएको कुसाशन विषयको समस्या हल गर्न शुसासनयुक्त समाज, नेपाली जनताले चाहेको समाज, हजारौँ सहिदले सोचेको जस्तो गणतन्त्र नेपालको समाज र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न आफूले पहिलो एजेन्डा बनाएर जाने जिकीर गर्नुभयो ।

उहाँले भन्नुभयो, “यस सँगै म वातावरण सुरक्षा, गोदावरी नगरपालिका भित्रका वस्तीलाई व्यवस्थीत तथा आधुनिकीकरण गर्दै जाने, नगर भित्रको वस्तीलाई समृद्ध बनाउँदै जाने, विश्वका विभिन्न विकसति सहरमा देखिएका विकास निर्माणका थुप्रै पहलहरुसँग जोडिएर नगरवासी हुँ भन्ने विकास निर्माणको अपेक्षा गोदावरी नगरपालिकाका जनताले गरेका हुँदा पूर्ण गराउनेछु ।” सोका अलवा दक्षिण ललितपुरका जनताका बालबालिकाका लागि व्यवस्थीत विद्यालय, जनजीवनका सवाललाई ध्यान दिइने, ललित घुम्ती सडक निर्माण सम्पन्न गर्ने गरी एजेन्डा उठाउने, गोदावरी खोला, नख्खु खोला करिडोर र कर्मनाशा खोला करिडोरलाई निर्माण सम्पन्न गराउने उहाँले जिकीर गर्नुभयो ।

त्यसैगरी, ललितपुर क्षेत्र नं १ (२) बागमती प्रदेश सभा सदस्य पदका उम्मेदवार चेतनाथ सञ्जेलले दक्षिण ललितपुरको बिर्खेधारा –दलचोकी –शङखु इकुडोल हुँदै आश्राङ् जाने सडकका लागि १६ करोड ७७ लाख निकासा गरी बहुवर्षीय आयोजना अन्तर्गत हाल सो काम शुरु भइरहेको, छपेलीबाट माझखण्ड जाने सडक क्रमागत बजेटबाट निर्माण भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले हरेक वडालाई सडक सञ्जाल अन्तर्गत जोडेका छाैँ ।

हामीले माल्टा जाने सडक निर्माण ग¥यौँ । कालीदेवी माध्यामिक विद्यालयमा बाली विज्ञान विषय अध्ययन गर्ने वातावरण निर्माण गरी प्राविधिक शिक्षालको रुपमा विकास गरेको छाैँ, गोदावरीको बज्रवाराहीमा रहेको एक अस्पताल ‘बज्रवाराही चापागाउँ अस्पताल’ लाई प्रदेश मातहतको अस्पतालको रुपमा लान सफल भयौं ।” सोका साथै हरेक स्वास्थ्य केन्द्रलाई स्तरउन्नती गर्ने, चापागाउँमा बुलु पार्क निर्माण, चापागाउँ वडा नं १० मा एक हजार चार एक २८ सिढी तथा प्रवेशद्धार निर्माण गरी तल जमिनको पानी लिफ्ट गरेर आफूहरुले करिब एक हजार मिटर माथि भाँगावनको शिरमा पु¥याएको, पिकनिक स्पोट निर्माण, देवीचौर देउरालीमा भ्युटावर निर्माण, दलचोकीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने भएको उहाँले सुनाउनुभयो ।