neapl investment mega bank
  • गृहपृष्ठ
  • ‘पाटनलाई केन्द्र बनाएर सहायक पर्यटकीय क्षेत्र विकाश गर्छु’

‘पाटनलाई केन्द्र बनाएर सहायक पर्यटकीय क्षेत्र विकाश गर्छु’

Nov 4th, 2022

ललितपुर ,१८ कार्तिक
ललितपुर २ को प्रदेश २ का नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यले ललितपुरको पाटन क्षेत्रलाई केन्द्र बनाएर पर्यटकीय केन्द बनाउने योजना अघि सारेका छन् । पाटन दरवार स्क्वायरसँगै ललितपुरको पाटन क्षेत्रमा दर्जनौ मठ मन्दिर र सम्पदा क्षेत्र रहेको बताउदै तीनको संरक्षणको जिम्मा प्रदेश सासंदमा विजयी भएपछि आफूले लिने बताए ।

उनले पाटन वरपरका विभिन्न मठ,मन्दिर,वहाल,विहारलगायतका पुरातात्विक सम्पदाको संरक्षणलाई विषेश जोड दिने बताए ।
उनले गएको कार्यकालमा आफ्नो क्षेत्रमा ५४ वटा योजनामा ४५ करोडको बजेटबाट सम्पन्न भएको बताए । उनले भने,अहिले धेरै टोलमा ईटा ढुंगा छाप्नु पर्ने, ढुंगाधारा र पाखरीको संरक्षण गर्नुपर्ने काम बाँकी छ । हामी विस्तारै सबै काम गछौं ।’

हस्तकला र टेक्टायल उद्योगलाई प्रवद्र्धन गर्नु पर्ने आवश्यकत्ता रहेको औल्याए । रोजगारीका श्रृजनाका लागि धेरै उद्योगहरु स्थापना गर्न जरुरी रहेको बताउदै उनले प्रदेश सरकारसँग समन्वय गरेर ललितपुरमा उद्योग विस्तार गर्ने शाक्यले बताए ।