neapl investment mega bank
  • गृहपृष्ठ
  • लुभु र सिद्धिपुरका मुर्त र अमुर्त कला संस्कृतीको संरक्षण गर्छु : प्रेम महर्जन

लुभु र सिद्धिपुरका मुर्त र अमुर्त कला संस्कृतीको संरक्षण गर्छु : प्रेम महर्जन

Nov 3rd, 2022

ललितपुर,१७ कात्तिक

ललितपुर क्षेत्र नं. २ बाट नेकपा एमालेका उम्मेदवार प्रेम महर्जनले ललितपुरको लुभु र सिद्धिपुरलगायत नेवारी संस्कती र पर्यटकीय स्थलहरुमा रहेका मुर्त र अमुर्त कला संस्कृतीको संरक्षण र पर्यटनको प्रवद्धनका लागि ठोस योजना ल्याउन सधाउने बताएका छन् ।

यस क्षेत्रमा हस्तकलाको विकाशका लागि धेरै सम्भावना रहेको बताए । यहाँ खपत हुने हस्तकलाका सामाग्री काष्ठकला, प्रस्तरकला र धातुकलाको प्रयोगबाट बाह्य पर्यटक बढ्ने र समृद्धिमा सघाउने बताए । लामाटारदेखि मानेदोवानसम्मको सडक कालोपत्र गर्न यहाँका स्थानीयको रहेको सन्दर्भमा उम्मेदवार महर्जनले लाकुरी भञ्ज्याङबाट काठमाडौं उपत्यका सुन्दर देखिने भएकाले पर्यटन विकाशका लागि पनि सडक बनाउन जरुरी रहेको बताए ।

उनले राष्ट्रिता र मुलुकलाई समृद्धितिर लैजाने एमालेको एजेण्डाका कारण धेरै कम्युनिष्ट कार्यकर्ता नेकपा एमालेप्रति आर्कर्षित भइरहेको उनले बताए । यहाँका गोदावरी र कर्मनासा खोलाको अतिक्रमण हटाएर नदि सभ्यता जोगाउदै करिडोर निर्माण गरि विकाशमा लाग्न आफ्नो योगदान हुने उनले बताए ।

लाकुरी भञ्जाङभन्दा पर मानेदोवानमा रहेका तामाङ बस्तीको विकाशमा आफूहरु मरिमेटेर लाग्ने उनको प्रतिबघता छ । आफू ललितपुर २ का जनताको सेवामा अन्र्तआत्मादेखि नै समर्पित रहने उनले वाचा गरेका छन् । निष्ठावान् र इमानदारपूर्वक राजनीतमा लागेका महर्जन उनी जीवनभर जनताको सेवामा लाग्ने बताउछन् । उत्तरपुर्वी ललितपुरको महालक्ष्मी नगरका १० वटा वडा र ललितपुर महानगरको १७ नम्बर वडा ललितपुरको क्षेत्र नं. २ अन्र्तगत पर्छ । यहाँ लगभग ३९ हजार मतदाता छन् ।