ललितपुर , १५ कार्तिक
ललितपुर क्षेत्र नं. ३ को प्रदेस नं. २ बाट नेकपा एमालेका उम्मेदवारी प्रेमभक्त महर्जनले चौतर्फी विकासका लागि चार क्षेत्र प्राथमिकता रहेको बताएका छन् ।
उनले आफूले भौतिक,मानविय,सामाजिक र आर्थिक विकाशका लागि योजना बनाएको बताएका हुन् । भौतिक विकाशका लागि सडक, खानेपानीजस्ता योजना पुरा गर्ने आफ्नो लक्ष्य हुने बताए । भैसेपाटी नख्खु सडक,बुङमती फर्सीडोल सडक र छम्पी भैसेपाटी सडकलगायतका काँठ छेउमा सडक सञ्जाललाई चुस्त बनाउने उनको प्राथिमकता छ ।
खानेपानीको व्यवस्थापनका लागि मेलाम्ची खानेपानीलाई अझ व्यवस्थित गर्ने र अन्य साना योजनाका खानेपानीको वितरणलाई चुस्त बनाउने अर्को प्राथमिकता उनले निर्धारण गरेका छन् । सामाजिक विकाशका लागि सम्पदा र गुठी खोकना बुङमतीलगायतका स्थानमा रहेका मुर्त र अमुर्त सम्पदा संरक्षणका लक्ष्य उनले निर्धारण गरेका छन् ।
ललितपुर साँस्कृतिक शहर बनाएर यस ठाँउको सामाजिक विकाश गर्न सकिने उनको धारणा छ । आर्थिक विकाशका लागि विभिन्न रोगजारीमुलक योजना लागू गर्न सकिने उनले बताए । होमस्टे हेरिटेज होम सञ्चालन गर्न सरकारी योजना यी बस्तीमा ल्याउन उनले पहल गर्ने,ढलौल र काष्ठ कलालाई प्रबद्र्धन गरे रोजगारी श्रृजना गर्ने उनको लक्ष्य छ ।
मानवीय विकाशका लागि सरकारी विद्यालयलाई अंग्रेजी माध्यममा सञ्चालन, विद्यार्थीको संख्या बढाउन दिवाखाजा कार्यक्रमलाई निरन्तता दिने र स्वास्थ्य विमालाई लागू गरेर मानविय विकाशको क्षेत्रमा आफूले उल्येखनीय काम गर्न चाहेको महर्जनले बताए ।