ललितपुर , १४ कार्तिक
ललितपुर क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अमृत खड्काले जनसङ्ख्याको आधारमा शहरको निर्माण र व्यवस्थापन गर्ने बताउनुभएको छ । नेपालमा दिनानुदिन बढ्दै गइरहेको शहरीकरणलाई मध्यनजर गरी उहाँले सो कुुरा भन्नुभएको हो ।
मुलुकको कुन क्षेत्रमा जनसङ्ख्या बढी छ र कुन क्षेत्रमा कम छ । सो लाई ध्यानमा राखी त्यसै अनुरुपको खाका बनाएर व्यवस्थापन गरिने योजना बनाइने खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “शहरको व्यवस्थापन समयमै भएन भने हाल मुलुकमा देखिइरहेको कोरोना भाइरस र डेँगु जस्ता अन्य रोग पनि भित्रिएर मानिसलाई असर नगरोस भन्ने म चाहान्छु ।” नेपालीले कहिल्यै कल्पना नगरेको कोभिड–१९ भित्रिएर यत्रो बबन्डर मच्चाइरहेको उद्दाहरण दिँदै सो रोग जसरीनै अन्य रोग आएर फेरी डराउनु नपरोस भन्ने खड्काको चाहाना छ । “नेपालको जनसङ्ख्या तिव्र गतिले बढिरहेको छ । हाम्रा स्रोत र साधन सिमित रहेकाले प्राकृतिक स्रोत र साधनमा प्रत्यक्ष भार परिरहेको देखिन्छ । यसका कारण परिणामस्वरुप वातावरणमा असन्तुलन उत्पन्न नहोस भन्ने म चाहान्छु”, उहाँको भनाई थियो ।