neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत हुने अनुमान

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत हुने अनुमान

Oct 30th, 2022

काठमाडौ १३ कार्तिक

नेपालको आर्थिक वृद्धिदर सन् २०२२ मा ४.२ प्रतिशत हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले आकलन गरेको छ। आईएमएफले भर्खरै सार्वजनिक गरेको एसिया प्रसान्त क्षेत्रको यो प्रतिवेदन ‘क्षेत्रीय आर्थिक परिदृष्य’ले सन् २०२३ मा भने नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने आकलन गरेको हो।

यो प्रक्षेपण उदीयमान तथा विकासशील अर्थतन्त्रको औसत अवस्थाभन्दा नेपाल राम्रोमा रहेको छ। आईएमएफले यी मुलुकमा सन् २०२२ मा ४.४ र २०२३ मा ४.९ प्रतिशतको वृद्धिदर हुने अनुमान गरेको छ।

आईएमएफका अनुसार सन् २०२१ मा ५।७ प्रतिशतको वृद्धिदर पाएको अमेरिकी अर्थतन्त्र सन् २०२२ मा १.६ र २०२३ मा एक प्रतिशतमा सीमित हुने आकलन छ। विश्व अर्थतन्त्र भने २०२२ मा २.७ र २०२३ मा २.७ हुने छ।

कोरोना महामारी र रुस–युक्रेन युद्धको प्रभावले इन्धन तथा खाद्यान्नमा भएको उच्च मूल्य वृद्धिका कारण सन् २०२२ को पहिलो छ महिनामा नेपाललगायत भारत, भुटान, माल्दिभ्स र श्रीलङ्कासहित फिलिपिन्स र थाइल्यान्डको अर्थतन्त्रले ठूलो नकारात्मक असर थेग्नुपरेको प्रतिवेदनमा उल्ल्ेख छ ।

आयातमा आधारित अर्थतन्त्रको बाह्य क्षेत्र बढी प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। आयातमै आधारित नेपाल, भारत र फिलिपिन्समा ठूलो जनसङ्ख्या इन्धन र खाद्यान्नको मूल्य वृद्धि र रासायनिक मलको चरम अभाव झेल्नुपर्दा आर्थिक वृद्धिको पूर्व अपेक्षित गति धिमा भएको प्रतिवेदनमा औँल्याइएको छ। भारतको भने आर्थिक वृद्धिदर यो वर्ष ६।८ प्रतिशत र आगामी वर्ष ६।१ प्रतिशत रहने आकलन आईएमएफको छ। दक्षिण एसियामा श्रीलङ्काको भने आर्थिक वृद्धिदर यो वर्ष ८।७ प्रतिशतले ऋणात्मक रहनेछ भने २०२३ मा तीन प्रतिशतले ऋणात्मक हुने देखाइएको छ। बङ्गलादेशले यो वर्ष ७।२ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्नेछ भने आगामी वर्ष घटेर छ प्रतिशतमा सीमित हुनेआईएमएफको अनुमान छ ।

प्रतिवेदनअनुसार सार्वजनिक तथा निजी क्षेत्रमा भएका कर्जा प्रवाहको अपेक्षित परिणाम हासिल हुन सकेको छैन। एसिया प्रसान्त क्षेत्रमा मूल्य वृद्धिमा नियन्त्रण गर्न ठूलो चुनौती रहेको छ।