neapl investment mega bank
  • गृहपृष्ठ
  • सुखी नेपाली सम्बृद्ध नेपाल साकार पार्ने छु : नेकपा एमाले उम्मेदवार प्रेम बहादुर महर्जन

सुखी नेपाली सम्बृद्ध नेपाल साकार पार्ने छु : नेकपा एमाले उम्मेदवार प्रेम बहादुर महर्जन

Oct 28th, 2022

कार्तिक ११, ललितपुर

आगामी मंसीर ४, २०७९ हुने प्रतिनिधिसभा सदस्य ललितपुर क्षेत्र नं. २ बाट प्रत्येक्ष तर्फबाट उम्मेदवार २०३९ सालदेखि वाम आन्दोलनका योद्धा प्रेम बहादुर महर्जन संग आधारभूमि डट कमसंगको कुराकानीको सार संक्षेप :
प्रश्नः– नेकपा एमालेका मुुख्य नारा छ नि सुखी नेपाली सम्बृद्ध नेपाल भन्ने मुख्य नारा छ त्यो कसरी संभव छ ?
उत्तरः– आशन्न मंसीर ४ को नेकपा एमालेको उम्मेदवारलाई विजयी गराए नेपालमा भएको श्रोत साधनहरु कृषि उत्पादन, हस्तकला, पस्तर मूर्तिकला, काष्ठकला, साँस्कृतिक नगरी ललितपुर, पर्यटन जन्य उद्योगहरु स्थापना गरी हाल सानो रोजगारीको तातो घाम नभनी करीव ६० लाख युवाहरु विदेशको भूमिमा श्रम बेच्न बाध्य भएका छन उनीहरुलाई स्वदेश फिर्ता गराई उनीहरुको विदेशमा सिकेका सिपलाई मध्यनजर गरी हाल युवाहरु आफ्नो परिवार बाल बच्चा छोडी तातो गर्मी नभनी विदेसिनु परेको छ । ती युवाहरुलाई स्वदेश फिर्ता गरी उनीहरुको श्र म सिप जन्य उद्योग खोल्न लगाउन वातारवरण नेकपा एमालकोे निर्वाचित सरकारले पहल कदमी गराउन अरु परमादेशबाट गठबन्धनको उम्मेदवारले भन्दा नेकपा एमालेको उम्मेदवारले सुखी नेपाली सम्बृद्ध नेपाल बनाउन सम्भव छ ।

प्रश्नः– करीब ६० लाख युवाहरु विदेशीन बाध्य भएका छन् ती युवाहरु विदेसिन बाट रोक्न के के पहल गर्नु हुन्छ ?
उत्तरः– देशमा रोजगार नपाएका धेरै युवा साथीहरु नेपाली युवाहरु थोरै पैसाको लागि विदेशीएका छन् । ती युवाहरुलाई स्वदेशमै सानो तिनो काममा किन नहोस् घरेलु उद्योगहरु किन नहोस कृषिमा तरकारी वाली, फलफुल, हस्तकला, जडिबुटी, काष्ठकलामा सिकर्मी, डकर्मी, ढुङ्गाका सिल्पकला, धातुका मूर्तिकला, जस्ता उद्योगबाट विदेशमा निक्कै ठूलो बजार भएकोले त्यस्ता उद्योगहरु स्थापना गराई विदेशियका युवाहरुलाई स्वशमै रोजगार हुने वातावरण पहल कदमी गरी करीब ६० लाख विदेशिएका युवाहरुलाई स्वदेशमै फर्काई उनीहरुले विदेशमा सिकेका सिपलाई स्वदेशी उद्योगमा लगाई उनीहरुको आय आर्जन उकास्न व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयसंग पहल कदमी गरी आत्म निर्भर हुने हुनाले युवाहरु विदेशिन रोक्न नेकपा एमाले उम्मेदवारहरु विजयी भए मात्र युवाहरु विदेशिन रोक्ने संभव छ ।

प्रश्नः– विगत ३३ वर्ष देखि नेपालमा विभिन्न पार्टीका सरकार बने भएका उद्योग पनि बन्द भएका उद्योगहरु पुनः फर्काउन के के पहल गर्नु हुन्छ ?

उत्तर : हामीले युववाहरुलाई स्वरोजगार मुलक काममा लगाउन पहिलो खुड्कीलो हो शिक्षा विना कुनै पनि देशले उद्योग स्थापना गर्न कठिन हुने हुँदा शिक्षा अनिवार्य आवश्यक भएकोहँुदा शिक्षित, अशिक्षित युवाहरुलाई उनीहरुको सिपलाई स्वदेशी उद्योगमा लगाउन सम्बन्धित मन्त्रालयमा गई नीति निर्माण बनाउन पहल गरिने छ ।

प्रश्नः युवा स्वरोजगारको कुरा गर्नु भो अहिले सरकारले युवाको आँखामा छारो हाल्ने सहकारी मार्फत जम्मा २ लाख दिन्छ । त्यो २ लाखले कस्तो उद्योग खोल्न पुग्छ सो रकम अपर्याप्त होइन र?
उत्तर : नेपाल सरकारले सहकारीमा मार्फत दिईदै आएको युवा स्वरोजगारको लागि निव्र्याजी दिदै आएको २ लाल रुपैयाँ सा¥है अपर्याप्त हो म र मेरो पार्टी नेकपा एमाले निर्वाचित भएमा युवाहरुलाई स्वरोजगार बन्न पुग्ने रकम चाहे सर्टिफिकेट राखेर होस् या चाहे युवा स्वरोजगार कोष बाट होस एउटा उद्योग गर्न पुग्ने रकम दिलाउन सम्बन्धित मन्त्रायलमा पहल गरी युवाहरुलाई स्वरोजगार बनाउन पहल गर्ने छु ।

प्रश्न: तपाईले पटक पटक कृषिका कुरा गर्नु भो जुन सरकार आएपनी प्रत्येक वर्ष किसानले मल पाउँदैनन् किन ?
उत्तर :वास्तवमा भारतबाट मल ल्याउने कुरामा म पनि ज्यापु समाजको अध्यक्ष भएकोले सरकारको तर्फबाट भैरहवाबाट मल ल्याएर बिवरण गरेको कुरा तपाईलाई अवगत गराउन चाहन्छु । मल प्रत्येक वर्ष असारमा धान रोप्नु भन्दा अगाडि माघ, फागुन मै भारतीय डिलर कम्पनीहरुसंग सरकारले सम्झौता गरी किसानहरुलाई मल उपलब्ध गराउन नेकपा एमालेको सरकारले पहल गराउने छु ।

प्रश्नः तरकारी भाउ महंगी बढेको बढ्यै छ । भर्खर मात्र चितवनको एउटा माछा पालन किसानको गुनासो छ आफ्नो माछाको बजार नपाएर घाटामा आएको बुझियो अन्य सबै किसानको अवस्था उस्तै छ । किसाको उत्पादनको बजारकरणीको लागि कस्तो पहल गर्नु हुन्छ ।
उत्तर :देशमा तरकारी महंगीनुको कारण हो देशका युवा जनशक्ति आफ्नो देशमा रोजगारीको अवसर नपाएर विदेशीनु पर्ने वाध्यता भएकोले हो । अर्को माछाको बजार नपाएर मत्स्य पालन किसानका माछा टोल टोलमा वजारिकरण व्यवस्था मिलाउने माछा एक स्वस्थ आहारमा पर्ने, सगुन दिनु पर्ने माछा पालन गर्ने किसानहरुलाई उचित राहत व्यवस्था गर्ने माछा किसानको बजार व्यवस्था मिलाउन आवश्यक अनुदानको व्यवस्था मिलाउन पहल गर्ने छु ।

प्रश्न: देशमा विभिन्न पार्टीहरु उम्मेदवाहरु उठेका छन नेकपा एमालेलाई नेै किन भोट दिने ?
उत्तर :नेकपा एमाले लाई किन भोट दिने भन्ने सवालमा वास्तवमा नेपालमा प्रजातान्त्रिक, लोकतन्त्रिका आन्दोलनमा नेकपा एमालेको भूमिका अहम छ । विगतको थुप्रै आन्दोलनहरुमा नेकपा एमालेको नेताहरुले थुप्रै जेल, नेल वा राष्ट्रियताको सवालमा भारतले गरेको नाकाबन्दी, लिपुलेक, लिम्पुराधुरा, चुच्चे नक्सा नेपालको नक्सामा सफल पार्न बुलन्द आवाज, वा क. महमोहन अधिकारीको पालमा नौ महिनाको सरकारको पालामा आफ्नो गाउँ आफै बनाउँ, बृद्ध भत्ता, सहकारी अभियान, कमरेड के पी. ओलीको साढे ३ वर्षको सरकार नेकपा एमालेको सरकारले संचालनको समयमा थुप्रै पूर्वाधारहरु, सडक, पुल, एकैदिन ३ सय अस्पताल सिलान्यास, तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण जस्ता विकासका भएकोले त्यसैले सुखी नेपाली सम्बृद्ध नेपालको लागि सपना साकार पार्न नेकपा एमालेको सरकारबाट सम्भव हुने भएकोले नेकपा एमाले पार्टीको सूर्य चिन्हमा भोट दिन सम्पूर्ण मतदाहरुलाई नेकपा एमालेको उम्मेदवारहरु लाई भोट दिएर विजयी गराउन आग्रह गर्दछु ।

प्रश्न: अन्तमा केही भन्नु छ ?
उत्तर :आगामी २०७९ को मंसीर ४ गतेको निर्वाचन आदरणीय मतदाताहरु समक्ष आव्हान गर्दछु कि नेकपा एमालेको उम्मेदवारहरुलाई भोट दिई निर्वाचित गराउनु हुन्छ भन्ने विश्वास लिएको छु ।