कार्तिक ८, ललितपुर
आगामी मंसीर ४, २०७९ हुने प्रतिनिधी सभार प्रदेश सभाको निर्वाचन सफलता तिर लैजान नेकपा एमाले ललितपुर क्षेत्र नंं. २ मा निर्वाचन परिचालन कार्यालय खुल्ने क्रम बढ्दै गएको छ । निर्वाचन परिचालन कार्यालय खुल्ने क्रममा महालक्ष्मी नगरपालिकाको वडा नं. ७ मा १ सय १ सदस्य निर्वाचन परिचालन कमिटी समेत बनेको खबर छ ।
हाल सम्म महालक्ष्मी नगरपालिकाको वडा नं.१, ४, ५, ७, ८, ९ मा निर्वाचन परिचालन कार्यालय बनी सकेको नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा नेकपा एमाले ललितपुर क्षेत्र नं.२ (क)का निर्वाचन परिचालन संयोजक चिरिञ्जीवी आचार्यले जानकारी गराए । त्यस्तै ललितपुर क्षेत्र नं. २ (ख) को अन्र्तगत ललितपुर महानगरको ८ र ९ मा पनि निर्वाचन परिचानल कार्यालय बनेको ललितपुर क्षेत्र नं.२ (ख)का संयोजक श्याम व्यञ्जनकारले आधारभूमिलाई जानकारी गराए ।
