neapl investment mega bank
  • गृहपृष्ठ
  • नेकपा एमाले अनेमसं महालक्ष्मी नगर कमिटीले गर्यो उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम

नेकपा एमाले अनेमसं महालक्ष्मी नगर कमिटीले गर्यो उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम

Oct 22nd, 2022

कार्तिक ५, ललितपुर

नेकपा एमाले अखिल नेपाल महिला संघ (अनेमसं) महालक्ष्मी नगर कमिटीले आगामी मंसीर ४ गते हुन गइरहेको निर्वाचनका लागि नेकपा एमाले ललितपुर क्षेत्र नं. २ मा उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम गरेको छ । कार्यक्रमको प्रमुख अतिथिमा नेकपा एमाले पोलिट व्यूरो सदस्य, ललितपुर जिल्ला इन्चार्ज तथा ललितपुर जिल्ला निर्वाचन परिचालन कमिटी संयोजक शुसिला नेपालले महिलाहरु सधै भरी रोएर बाच्नु पर्ने, सानो छँदा बाबुआमाको डर, ठूलो भए श्रीमानको डर र बुढो भए नाति नातिनाको डर हुने गरेको र सधै डराएर रोएर बाच्नु पर्ने कुराको जिकिर गरिन् । “०५६ सालमा १२ जना महिला संसदमा प्रनिधित्व गरेको र हाल सयौं महिला संसदमा प्रतिनिधित्व अवस्थामा पुगेका छन्”, नेपालले भनिन्, “त्यो योगदान नेकपा एमाले पार्टीको सरकार भएको बेलामा भएको हो ” । त्यसैले आउँदो मंसीर ४ गते हुने नेकपा एमाालेको उम्मेदवारहरुले अत्यधिक मत ल्याउने योजनाहरु लिएर जनतामा जानुपर्ने उनले बताइन् ।

ललितपुर क्षेत्र नंं.२ का प्रतिनिधि सभाका उम्मेदवार प्रेम बहादुर महर्जन, ललितपुर क्षेत्र नं. (क) का प्रदेश उम्मेदवार रामेश्वर श्रेष्ठ, (ख) का ज्ञानेन्द्र शाक्य, बागमती प्रदेश कमिटी सदस्य चिरिञ्जीवी आचार्यले सम्पूर्ण उम्मेदवारहरुलाई शुभकामना दिनुका साथै मंसीर ४ मा हुने निर्वाचनमा विजयी हासिल गर्न कामना समेत व्यक्त गरेका थिए । अन्य अतिथिहरुमा ललितपुर जिल्ला, नगर, वडा, अनेमसं, नेकपा एमाले पार्टीका संगठित सदस्यहरुको उपस्थिति रहेको थियो र कार्यक्रमको अध्यक्षता आशा राईले गरेकी थिईन् ।