काठमाडौं ५ कार्तिक
आजदेखि हिन्दू नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक सरु भएको छ । आज धनतेरस हो भने काग तिहार भोलि परेको छ । धनवन्तरी जयन्ती भने कात्तिक ६ गते आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल समितिले जनाएको छ ।
आइतबार बेलुकीसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने समितिले जनाएको छ ।
बेलुकी ५ः०४ बजेपछि चतुर्दशी तिथि लाग्छ । यसैले आजदेखि नै यमपञ्चक सुरु हुने समितिको भनाइ छ ।