neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकाका वडाहरुमा नेकपा एमालेको निर्वाचन परिचालन कार्यालय

महालक्ष्मी नगरपालिकाका वडाहरुमा नेकपा एमालेको निर्वाचन परिचालन कार्यालय

Oct 22nd, 2022

ललितपुर ५ कार्तिक

ललितपुरको महालक्ष्मी नगरपालिकाका वडाहरुमानेकपा एमालेले निर्वाचन परिचालन कार्यालयहरु खोलेको छ । महालक्ष्मी नगरपालिका वडा नं. ९ मा बासुदेव गौतमको संयोजकत्वमा १ सय एकाउन्न सदस्यीय निर्वाचन परिचालन वडा नं.९ कमिटी बनेको छ । त्यस्तै महालक्ष्मी नगरका वडा नं. १ र ५, मा पनि निर्वाचन परिचालन कार्यालयहरु खुलेका छन् ।

निर्वाचन परिचालन कार्यालयको उद्घाटन नेकपा एमाले पोलिट व्यूरो सदस्य, ललितपुर जिल्ला इन्चार्ज, निर्वाचन परिचालन ललितपुर संयोजक शुसिला नेपालले गरेकी हुन । कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेपालले मंसीर ४ गतेको निर्वाचनबाट नेकपा एमालेका उम्मेदवारहरुलाई विजय गराए केपी शर्मा ओलीको सरकारको पालामा भएको अधुरा योजनाहरु नेकपा एमालेको सरकारले पुरा गर्ने वताइन् ।

ललितपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार प्रेम बहादुर महर्जनले ललितपुर क्षेत्र भित्रका विकासका समस्याहरुमा दिन, रात नभनी सहयोग गर्ने बचन दिए । विशेषतः लामाटार, लाकुरी भञ्ज्याङ्ग पर्यटकीय क्षेत्र भएकोले यसलाई विश्व सामु चिनाउन यसलाई पर्यटकीय नगरीको अवधारणा ल्याई विकास गर्ने धारणा राखे । अर्का ललितपुर क्षेत्र नं.२ (क) प्रदेश सभा उम्मेदवार रामेश्वर श्रेष्ठले यो चुनाव कुनै व्यतिmको नभै नेकपा एमाले पार्टी भएको त्यसैले मंसीर ४ को निर्वाचनले नेकपा एमाले पार्टीलाई जिताउन आग्रह गरे ।

यसैगरी कार्यक्रममा नेकपा एमाले केन्द्रिय युवा तथा खेलकूद विभाग सचिव तथा केन्द्रीय निर्वाचन परिचालन कमिटी सदस्य मेघराज पौडेल, बागमति प्रदेश कमिटी सदस्य तथा ललितपुर क्षेत्र नं.२ का संयोजक चिरिञ्जीवी आचार्य, सहकारी आन्दोलन अगुवा रामहरी वजगाई, नेकपा एमाले की मैना अछामी, जिल्ला कमिटी सदस्य तथा ललितपुर क्षेत्र नंं. २ प्रदेश (क) की संयोजक देवीका राई, नेकपा एमाले पार्टीका जिल्ला, नगर, वडा, विभिन्न भातृसंगठन सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता भाष्कर गौतमले गरेका थिए ।