काठमाडौ ३ कार्तिक
बहराईन अधिराज्यका लागि नवनियुक्त नेपाली राजदूत तीर्थराज वाग्लेले बहरानका राजा हमाद विन इशा अल खलिफा समक्ष आफ्नो आहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
कार्तिक २ गते बुधबार अर्थात १९ अक्टोवरका दिन मनामा स्थिति अल सखिर प्यालेसमा आयोजित एक विशेष समारोहका बिच उहाँले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।
सो अवसरमा राजदूत वाग्लेले बहराइनका राजा खलिफा समक्ष राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट बहराइनका राजाको सुस्वाथ्य तथा समग्र बहराइनी जनताको हित, शान्तिर संमृद्धिको शुभकामना व्यक्त गर्नुभएको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ । राजदूतावासका अनुसार राजदूत वाग्लेले ओहोदाको प्रमाणपत्र पेश गरेपछिको छोटो भेटमा दई देशको कूटनीतिक, आर्थिक विकास, पर्यटन र श्रम सम्बन्ध लगाएत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा चर्चा भएको थियो ।
सो अवसरमा बहाइनका राजा खलिफाले नेपालको आर्थिक र सामाजिक विकासमा बहराइन सरकारको महत्वपूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको राजदूतावाद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । त्यस्तै राजदूत वाग्लेले बहराइनमा कार्यरत नेपालीको हित तथा नेपाल र बहराइनको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र सुमधुर वनाउन निरन्तर कृयाशिल रहने वताउनुभएको विज्ञप्तीमा उल्लेख छ ।
राजदूत वाग्ले गत साउन १६ गते अर्थात् १ अगस्टमा आफ्नो कार्यभार सम्हाल्न बहराइन पुग्नुभएको हो । नेपाल र बहराइनबीच सन् १९७७ मा कूटनीतिक सम्वन्ध स्थापना भएको हो । हाल बहराइनमा २० हजार नेपाली कार्यरत छन् ।