neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिका वडा नं. ८ मा चुनाव प्रचार कार्यालय उद्घाटन

महालक्ष्मी नगरपालिका वडा नं. ८ मा चुनाव प्रचार कार्यालय उद्घाटन

Oct 19th, 2022

ललितपुर २ कार्तिक

नेकपा एमालेले ललतिपुरको महालक्ष्मी वडा नं. ८ मा चुनाव प्रचार प्रसार कमिटी सम्पर्क कार्यालय उद्घाटन गरेको छ । नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज शुसिला नेपालले कार्यालयको उद्घाटन गरेकी थिइन् । उनले राष्ट्रियता, लिपुलेक, लिम्पुराधुरा, उत्तरतिरको नाका खुल्ला, रानी पोखरी, धरहरा, दरवार हाइस्क्ूल, ७२ सालको भूकम्पबाट क्षति भएको पुननिर्माण क. नेकपा एमालेका पार्टी अध्यक्ष क. के पी. ओलीको सरकारको पालामा र कमरेड मनमोहन अधिकारीले शुरु गरेको जेष्ठ नागरिक भत्ता १ हजारबाट अहिले ४ हजार पु¥याएको उल्लेख गर्दै मंसीर ४ को संघ र प्रदेशका उम्मेदवार विजयी गराउन सम्पूर्ण जिल्ला, नगर, वडा, टोल कमिटीका कार्यकर्ता लाग्नुपर्ने वताइन् ।

उद्घाटन कार्यकक्रममा नेकपा एमाले ललितपुर जिल्ला सह इन्चार्ज हरिकृष्ण व्यञ्जकार, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, उम्मेदवारहरु प्रतिनिधि सभा ललितपुर क्षेत्र नं. २ प्रेम बहादुर महर्जन, प्रदेश (क) का रामेश्वर श्रेष्ठ, प्रदेश (ख) का ज्ञानेन्द्र शाक्य, समानुपातिकका सरोज डंगोल, सुवर्ण केशरी श्रेष्ठ, बागमती प्रदेश सदस्यहरु चिरञ्जीवी आचार्य, बाबुकाजी प्रधान, केन्द्रिय निर्वाचन परिचालन कमिटी सदस्य तथा केन्द्रिय युवा खेलकूद परिषदका सचिव मेगराज पौडेल, महालक्ष्मी नगरपालिका प्रमुख हरिगोविन्द श्रेष्ठ, जिल्ला, नगर, वडा, राष्ट्रिय युवा संघ, अनेमसं, वडा स्तरिय राष्ट्रिय जनजाती महासंघ, स्थानीय निकायका नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष, सदस्यहको उपस्थिति रहेको थियो ।