neapl investment mega bank
  • गृहपृष्ठ
  • लोकतान्त्रिक वाम गठबन्धनका उम्मेवारलाई जिताए मन्त्री बनाउने देउवाको आश्वासन

लोकतान्त्रिक वाम गठबन्धनका उम्मेवारलाई जिताए मन्त्री बनाउने देउवाको आश्वासन

Oct 18th, 2022

ललितपुर १ कार्तिक

प्रधानमन्त्री शेर बहादुर देउवाले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताएर पठाउन अनुरोध गर्दै ललितपुरका ३ बटै क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेवारहरुलाई विजयी गराए ललितपुरका लोकतान्त्रिक वाम गठबन्धनका उम्मेवारलाई मन्त्री समेत बनाउने आश्वासन दिएका छन् । मंसीर ४ गते हुने निर्वाचनको तयारीको लागि लोकतान्त्रिक बाम गठबन्धनले ललितपुरमा लोकतान्त्रिक वाम गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई संवोधन गर्दै देउवाले यस्तो आश्वासन दिएका हुन् ।

भेलामा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको हित, लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षाका लागि लोकतान्त्रिक वाम गठबन्धन गर्नु परेको देशलाई निरंकुशता तिर जानबाट रोक्न लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई कलम, रुख, हसिया हथौडा नभनी भोट हाल्न आग्रह गरे ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लोकतान्त्रिक वाम गठबन्धन पवित्र गठबन्धन हो भन्ने सन्देश देश भरी दिन आग्रह गरे । उनले संविधानको रक्षा गर्ने, मुलुकलाई अस्थिरता तिर जानबाट रोक्न दुई दुई पटक संविधान विघटन भएको संघीय लोकतन्त्र, गणतन्त्र रक्षाका लागि लोकतान्त्रिक पवित्र वाम गठबन्धनका उम्मेदवारहरु विजयी गराउन योजनाबद्ध ढङ्गले लाग्नुपर्ने वताए ।

भेलामा नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल, नेपाली काग्रेका उदय शम्सेर राणा, नेकपा एकीकृत समाजवादीका पूर्व प्रतिनिधि सभा सांसद कृष्णलाल महर्जनले पनि आफ्नो धराणा राखेका थिए ।