neapl investment mega bank
  • गृहपृष्ठ
  • आचार संहिता विपरित कर्मचारी भर्ना , आयोगले माग्यो स्पष्टीकरण

आचार संहिता विपरित कर्मचारी भर्ना , आयोगले माग्यो स्पष्टीकरण

Oct 18th, 2022

काठमाडौ १ कार्तिक

त्रिभुवन विश्वविद्यालयले निर्वाचन आचारसंहिताविपरीत करार सेवामा कर्मचारी भर्ना थालेको छ । निर्वाचन आचारसंहिता जारी भएपछि नियुक्ति, बढुवा लगायतका काम गर्न नपाइने भए पनि त्रिविले नियम मिचेर भर्ना गरेको पाइएको छ।

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताको प्रतिकूल हुने गरी त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थानलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

स्पष्टीकरणमा आयोगलाई जानकारी गराई विश्वविद्यालय सेवा आयोग र शिक्षक सेवा आयोगको नियमितरुपमा हुने पदपूर्तिसम्बन्धी कारबाही गर्न बाधा नहुनेबाहेक नयाँ पद सिर्जना गर्ने, रिक्त पदपूर्ति गर्ने, भत्तावृद्धि गर्ने लगायतका कुनै पनि आर्थिक सुविधा र पुरस्कार प्रदान गर्न नहुने आचारसंहिताको व्यवस्था स्मरण गराउँदै ती निकायले सुरु गरेको करार सेवामा पदपूर्ति प्रक्रिया नियमित प्रक्रिया हो होइन भन्दै प्रश्न गरेको छ ।