neapl investment mega bank
  • गृहपृष्ठ
  • शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजानिक विदा

शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजानिक विदा

Oct 17th, 2022

काठमाडौं ३१ असोज

सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि कात्तिक १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले प्रकाशित गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।