neapl investment mega bank
  • गृहपृष्ठ
  • जरिवना रकम नतिर्ने उमेदवारको नाम बन्दसूचीबाट हटाइने

जरिवना रकम नतिर्ने उमेदवारको नाम बन्दसूचीबाट हटाइने

Oct 16th, 2022

काठमाडौँ ३० असोज

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ मा उम्मेदवार भएर तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारहरूले आगामी कार्तिक ५ गतेभित्र जरिवाना रकम बुझाउनुपर्ने जनाएको छ ।

आयोगको गत भदौ ३१ को निर्णयानुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम जरिवाना भएको थियो । आइतबार एक सूचना जारी गर्दै आयोगले जरिवाना रकम बुझाउन निर्देशन दिएको हो ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेको बन्दसूचीमा समावेश भएको भए जरिवाना नबुझाउने उम्मेदवारको नाम बन्दसूचीबाट हटाइने आयोगले जनाएको छ।

त्यस्ता उम्मेदवारहरूले आफूलाई लागेको जरिवाना वापतको रकम उम्मेदवाहरूको योग्यता सम्बन्धी दाबी विरोधको निवेदन उपर जाँचबुझ गर्ने समयसीमा कात्तिक ५ गते कार्यालय समयभित्र बुझाएमा जरिवाना असुलउपर भएको कायम गरी कानुन बमोजिम गर्न निर्देशन दिएको छ ।