असोज ३०, ललितपुर
मंसीर ४ गते हने संघ र प्रदेशको चुनाव सफल बनाउनको लागि ललितपुर क्षेत्र नंं. २ मा संयुक्त बाम गठबन्धनले ललितपुरको सौगलमा चुनाब प्रचार प्रसार क्षेत्रीय कार्यालय स्थापना गरेको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य मदन बहादुर अमात्यले सो कार्यालय उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बागमती प्रदेशका पूर्व प्रदेश सभा समितिका सभापति तथा एकीकृत समाजवादी पार्टीका नेता माधब पौडेल, नेपाली काँगे्रसका बागमति प्रदेशका पूर्व उपसभापति चन्द्र महर्जन लगायत नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, एकीकृत समाजवादी, राजमो, लोसपा पार्टीका थुप्रै कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमा हाल ललितपुर क्षेत्र नं. (क) मा रविन्द्र महर्जन र क्षेत्र नं. (ख) चन्द्रमान बज्राचार्य संयोजक रहने गरी २ क्षेत्रीय चुनाब प्रचार प्रसार क्षेत्रीय कमिटि बनेको छ । सो कमिटिले आवश्यकता अनुसार वडा स्तरिय आवश्यकता अनुसार उप कमिटी बनाउदै जाने प्रदेश सभा सदस्य क्षेत्र नं. २ (ख) का उम्मेदवार रामकृष्ण चित्रकारले आधारभूमिलाई वताए ।