neapl investment mega bank
  • गृहपृष्ठ
  • शताब्दी पुरूष सत्यमोहन जोशीको निधनः पार्थिव शरीर नजलाइ अध्ययनका लागि राखिने

शताब्दी पुरूष सत्यमोहन जोशीको निधनः पार्थिव शरीर नजलाइ अध्ययनका लागि राखिने

Oct 16th, 2022

काठमाडौँ ३० असोज

शताब्दी पुरूष सत्यमोहन जोशीको आज विहान निधन भएको छ। संस्कृतिविद्को आमचिनारी बनाएका जोशी आइतबार बिहान ७ बजेर ९ मिनेटमा उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको हो।

संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि भर्ना भएर उपचार भइरहेको थियो ।

शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको छ । उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालले जनाएको छ । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए ।

जोशीकाव्यकार, नाटककार, कथाकार, निवन्धकार, नियात्राकार, समालोचक, कोषकार, अनुवादक र सम्पादकका रूपमा समेत प्रसिद्ध थिए ।

लोक साहित्य, लोक संस्कृति, संस्कृति, कला र कलाकार, पुरातत्व, नेपाली राष्ट्रिय मुद्रा, धर्म र दर्शन आदि विषयका मौलिक र अनुदित कृति प्रकाशित गरेर संस्कृतिविद्, कुशल अन्वेषक र अनुसन्धाताका रूपमा जाशी प्रतिष्ठित छन् ।