neapl investment mega bank
  • गृहपृष्ठ
  • नेकपा एमाले ललितपुर जिल्ला निर्वाचन परिचालन कमिटी घोषणा

नेकपा एमाले ललितपुर जिल्ला निर्वाचन परिचालन कमिटी घोषणा

Oct 12th, 2022

ललितपुर २६ असोज

नेकपा एमाले ललितपुर जिल्ला कमिटीको विस्तारित बैठकले २०७९ मंसीर चार गते हुने संघ र प्रदेश सभाको निर्वाचन सफल बनाउनका लागि प्रेम भक्त महर्जनको अध्यक्ष्यतामा १०५१ सदस्य नेकपा एमाले लिलितपुर जिल्ला निर्वाचन परिचालन कमिटीको घोषणा गरेको छ ।

कमिटिमा केन्द्रिय तहकोे नेताहरुले नेतृत्व गर्ने र सचिव सम्बिन्धित कमिटीेको संयोजक, सदस्यहरु सम्बन्धित कमिटी सो भन्दा माथिका कमिटी र निकाय तथा विभागको जिम्मेवारी लिएका पूर्व कमरेडहरु सदस्य हुने गरी ललितपुर जिल्लाका जिल्ला, पालिका, प्रदेश, वडा, जनवर्गीय संगठन, अनेमसंघ, राष्ट्रिय जनजाती महासंघ, राष्ट्रिय युवा संघ नेपालका प्रमुखहरु सबै सदस्य हुने व्यवस्था गरेको छ ।

नेकपा एमाले पार्टीलाई सहयोग गर्ने समाजसेवी, उद्योगी व्यवसायी, कलाकार, पत्रकार, पेशाकर्मी विद्वान तथा अन्य सहयोगीहरु पनि सदस्य रहने गरी नेकपा एमाले लिलितपुर जिल्ला निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।

जिल्ला निर्वाचन परिचालन कमिटीको प्रमुख संयोजक नेकपा पोलिटव्यूरो सदस्य तथा नेकपा एमाले ललितपुर जिल्ला इनचार्ज क. शुशिला नेपाल, ललितपुर प्रतिनिधि सभा क्षेत्र नंं.१ को संयोजक कृष्णमान लामा, २ को चिरिञ्जीवी आचार्य, ३ को दिनेश बाउ, प्रदेश सभा १ (क)को गणेश आचार्य, १ (ख)को चर सुन्दर महर्जन, २ (क) को देवीका राई, २ (ख)को स्याम व्यञ्जनकार, ३ (क)को रामशरण दाहाल, (ख)को विष्णु प्रसाद हुमाँगाई रहेका छन् ।

बैठकमा प्रमुख अतिथि अतिथिहरुले आगामी मंसीर ४ संघ, प्रदेश सभा र समानुपातिकका सूर्य ध्वजाहक उम्मेदवारहरुलाई विजय गराई ललितपुर जिल्ला नेकपा एमालेको लाल किल्ला बनाउन सम्पूर्ण कमरेडहरुलाई आग्रह गर्दै सफताकोे शुभकामना दिएका थिए ।