काठमाडौँ २४ असोज
आगामी निर्वाचनको लागि प्रतिनिधि सभामा प्रत्यक्षतर्फ कूल २५०२ जनाले उम्मेदवारी दिएका छन् । पछिल्लो विरणअनुसार प्रतिनिधि सभामा २२६९ जना पुरुष र २३३ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभातर्फ ३४४६ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार ३१३९ पुरुष र २९६ महिला र एक जना अन्य गरी ३४४६ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।
आयोगले आइतबार उम्मेदवारी दर्ता गर्न बिहान १० बजेदेखि ५ बजेसम्मको समय उपलब्ध गराएको थियो । सात वटा प्रदेश सभामध्ये सबैभन्दा धेरै उम्मेदवार मधेश प्रदेशमा छन् । यस्तै सबैभन्दा कम उम्मेदवार कर्णाली प्रदेशमा छन् ।