neapl investment mega bank
  • गृहपृष्ठ
  • मनोनयनपत्र दर्ता भएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

मनोनयनपत्र दर्ता भएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

Oct 10th, 2022

काठमाडौँ २४ असोज

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता भएका उम्मेदवारकाविरुद्ध आज सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिनेछ ।

निर्वाचन आयोगका अनुसार कुनै उम्मेदवार कानुनी रुपमा अयोग्य छ भन्ने लागेमा त्यस्ता उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ । त्यस्तै मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपरान्ह ३ बजेदेखि २५ गते साँझ ५ बजेसम्म तोकिएको आयोगको कार्यतालिका उल्लेख छ ।

उम्मेदवारहरुको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ बजेदेखि ७ बजेसम्म छ । आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिने भए असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ ।

यसैविच उमेदवारहरको विवरण सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ ।निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा उम्मेदवारी पछिल्लो विवरण प्राप्त भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रतिनिधिसभातर्फ पुरुष दुई हजार दुई सय ६९ र महिला दुई हजार ३३ गरी कूल चार हजार तीन सय दुई जना उम्मेदवार रहेका छन् ।

यस्तै प्रदेशसभातर्फ पुरुष तीन हजार एक सय ३९, महिला दुई हजार ९६ र एक अन्य गरी कूल तीन हजार चार सय ३६ उम्मेदवार रहेका छन् ।