neapl investment mega bank

कालिकोटमा पहिरोमा परेर २३ जना बेपत्ता

Oct 10th, 2022

कालिकोट २४ असोज

कालिकोटमा पहिरोमा परेर २३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयले तिलागुफा नगरपालिका, सानी त्रिवणी गाउँपालिका र पचालझरना गाउँपालिकाका लगायतका स्थानमा पहिरो जाँदा उनीहरु वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार तिलागुफा नगरपालिका(४ राँचुलीमा पहिरो मलामि गएका १५ जनानै सम्पर्कबिहीन भएका छन्। उनीहरु पहिरोमा पुरिएको आशंका गरिएको छ ।

उनीहरुको खोजीकार्यका लागि स्थानीय र प्रहरी जुटेको छ। प्रहरीले अन्य स्थानमा पनि पहिरो गएकाले बेपत्ता हुनेको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।