neapl investment mega bank
  • गृहपृष्ठ
  • म्यानचेस्टर युनाईटेडको जितसंगै रोनाल्डोको कीर्तिमान

म्यानचेस्टर युनाईटेडको जितसंगै रोनाल्डोको कीर्तिमान

Oct 10th, 2022

काठमाडौं, २४ भदौं

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ। आइतबार राति भएको खेलमा युनाईटेडले एभर्टनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

गुडिसन पार्कमा युनाईटेडलाई जित दिलाउन एन्टोनी र क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरे । एभर्टनका एलेक्स इवोबीले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने एभर्टनले लिएको थियो।खेलको पाँचौं मिनेटमा एलेक्स इवोबीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको १५ औं मिनेटमा युनाईटेडका एन्टोनीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ४४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।यससँगै रोनाल्डोले ७०० औं क्लब गोल पुरा गरेका छन्।

जितसँगै युनाईटेडले आठ खेलबाट १५ अंक जोडेको छ र तालिकाको पाँचौ स्थानमा छ ।पराजित एभर्टनको नौ खेलबाट १० अंक छ र तालिकाको १२औं स्थानमा छ ।