neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुर क्षेत्र नं. २ मा क्षेत्रीय चुनाब प्रचार प्रसार कार्यालय स्थापना

ललितपुर क्षेत्र नं. २ मा क्षेत्रीय चुनाब प्रचार प्रसार कार्यालय स्थापना

Oct 10th, 2022

ललितपुर ,२४ असोज

मंसीर चार गते हुने संघ र प्रदेश सभाको निर्वाचनमा ललितपुर क्षेत्र नंं.२ का उम्मेदवारहरुले उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका छन् । ललितपुर क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्य प्रेम बहादुर महर्जन, प्रदेश सभा सदस्य ललितपुर क्षेत्र नंं. २ (क) मा महालक्ष्मी नगरपालिका प्रमुख तथा नेकपा एमाले केन्द्रिय लेखा आयोग सदस्य रामेश्वर श्रेष्ठ र ललितपुर क्षेत्र नं. २ (ख) मा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य पूर्व प्रदेश सभा सदस्य ज्ञानेन्द्र शाक्यले उत्साहपूर्वक उम्मेदवार मनोनयन गराएका हुुन् ।

त्यस्तै ललतिपुर २ मा चुनाब प्रचार प्रसार क्षेत्रीय पार्टी कार्यालय समेत उद्घाटन गरिएको छ । कार्यालय उद्घाटन नेकपा एमाले ललितपुर जिल्ला सहइन्चार्ज तथा प्रमुख अतिथि हरिकृष्ण व्यञ्जनकारले गरेका थिए । कार्यालय उद्घाटन गर्दै व्यञ्जनकारले आगामी मंसीर ४ मा हुने निर्वाचनमा आम कार्यकर्ताहरुलाई संघ र प्रदेशका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह समेत गरे ।

कार्यक्रमा बोल्दै नेकपा एमाले ललितपुर क्षेत्र नंं. २ (ख) का प्रदेश सदस्य ज्ञानेन्द्र शाक्यले हाल देशलाई आन्तरिक वाह्य शक्तिबाट प्रहार भैरहेको र त्यस्तो प्रहारलाई रोक्न र नेकपा एमाले उम्मेदवार दिनु परेको र आगमाी निर्वाचनमा संघ र प्रदेशका सदस्यहरुलाई विजयी गराउन आग्रह गरे ।