असोज २२, ललितपुर
मंसीर चार गते हुने निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ ख बाट प्रदेसभामा एमाले कार्यकर्ता प्रेम भक्त महर्जनले उमेदवारी दिने भएका छन् । नेकपा एमालले टिकट दिएपछि उत्साही हुँदै जनताले निर्वाचित गराएमा ललितपुर ३ लाई संमृद्ध वनाउन विभिन्न एजेण्डा अघि सारेको वताएका छन् ।
२०३६ सालमा विद्यार्थी संगठनबाट राजनीतिमा शुरु गरेका महर्जनले ग्रामिण विकास स्नाकोत्तर गरेका छन् । सत्याग्रहको समयमा ३ महिना जेल जीवन समेत बिताएका महर्जनले २०४८ सालमा नेकपा एमालेको सदस्यता लिएका थिए । २०४८ साल र २०५४ सालमा गरी दुइ पटक सम्म बुङ्गमति गा. वि.स. अध्यक्ष भएर काम गरेका छन् । महर्जनले बागमती होम–स्टे एशोसियसनको बागमती कमिटीको उपाध्यक्ष, नेपाल केन्दीय पर्यटन सहकारीको सचिव समेतको अनुभव लिइ सकेका छन् ।
उनले ललितपुरलाई सांस्कृतिक शहरका रुपमा विकास गर्ने, युवा रोजगारमूलक हस्तकला, औद्योगिक योजना ल्याई युवाहरुलाई स्वदेशमै स्वरोजगारको अवसर बृद्धि गरी बढ्दो बैदेशिक रोजगारमा जान कम गर्ने एजेण्डा अघि सारेको वताएका छन् । ललितपुरको दक्षिणी भागलाई कफि हवको रुपमा विकास प्रवद्र्धन, गरी पूर्वाधारमा सडक, खानेपानी, स्वास्थ्य शिक्षामा सबै जनताको पहुँच बढाउने, सुखी नेपाली सम्बृद्ध नेपाल बनाउन आधारभूत योजनाहरु बनाउन अग्रसर रहने उनले वताए । साथै किसानका लागि तरकारीको पकेटक्षेत्र पहिचान गरी मल, विऊ विजन सरल सहजताका साथ उपलब्ध गराई बजारिकरणको व्यवस्था गर्ने , किसान राहत कोष मार्फत किसान राहत कार्यक्रम ल्याउने वताए ।