काठमाडौं १२ असोज
निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनले सिट बाँडफाँट गर्नको लागि बैठक बस्दै छ । गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बिहान ८ बजे बालुवाटारमा बसिरहेको छ । आजको बैठकले सिट बाँडफाँट टुंगो लगाउने कार्यदलले वताएको छ ।
मंगलवार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो । प्रदेशसभातर्फको ३३० सिट बाँडफाँटको प्रस्ताव तयार गरिएको जनता समाजवादी पार्टीका नेता मनिष सुमनले जानकारी दिए । उनका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यति बेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ ।