neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुर क्षेत्र नं २ क बाट प्रदेस सभाको प्रत्यक्ष तर्फ एमालेका मेघराज पौडेल मुख्य दावेदार

ललितपुर क्षेत्र नं २ क बाट प्रदेस सभाको प्रत्यक्ष तर्फ एमालेका मेघराज पौडेल मुख्य दावेदार

Sep 25th, 2022

ललितपुर ९ असोज

आगामी निर्वाचनमा ललितपुर क्षेत्र नं २ क बाट प्रदेस सभामा प्रत्यक्ष तर्फ मेघराज पौडेल मुख्य दावेदार रहेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको युवा तथा खेलकुद विभाग सचिव पौडेलले प्रदेस सभामा बाजी मार्ने आंकलन गरिएको छ ।

नेपाल क्लाइमबिङ एसोसियसनका महासचिव रहेका पौडेल एमालेको खेलकुद राजनीतिमा क्रियाशिल छन्। उनी यसअघि एमालेको नेपाल खेलकुद महासंघको केन्द्रिय महासचिव थिए। विभाग सचिवमा मनोनित पौडेलले एमालेको खेलकुद नीतिलाई राज्यको आधारभुत खेलकुदको विकाससँग जोडेर काम गर्नुपर्नेमा जोड दिंदै आएका छन् ।

महालक्ष्मी नगरपालिका, वडा नं. १, का स्थयी बासिन्दा पौडेलले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । वि.सं. २०६७ मा नेपाल खेलकुद महासंघको राष्ट्रिय घटक संघ राष्ट्रिय साहसिक खेलकुद संघको अध्यक्ष रहेका पौडेल नेपाल खेलकुद महासंघको केन्द्रीय सदस्य, नेकपा एमाले केन्द्रीय युवा तथा खेलकुद विभाग सदस्य, हुदै नेकपा एमाले– महाधिवेशन प्रतिनिधि परिषद सदस्य समेत रहेका छन् ।

पौडेलले वि.सं. २०४४ मा अनेरास्ववियु (पाँचौँ) सदस्यता प्राप्त गरेका थिए भने वि.सं. २०५२ देखि २०५६ सम्म काठमाडौंमा नेकपा एमालेले गरेका गतिविधिहरूमा विद्यार्थी फाँटबाट सक्रिय रुपमा संलग्न भएका थिए । वि.सं. २०६१ देखि २०६४ सम्म ललितपुर क्षेत्र नं. २ को पार्टीगत गतिविधिमा संलग्न रहेका पौडेलले २०६२/६३ को ऐतिहासिक दोस्रो जनआन्दोलनमा सक्रिय रहदै पार्टी गतिविधिमा सोही क्षेत्रमा कार्य गरेका छन् । शक्ति सन्तुलन कायम गर्दै वडाको नीतिगत नेत्तृवमा जोड दिने पौडेलले सो क्षेत्रको लागि टिकट पाउनुपर्नेमा युवाहरुले जोड दिएका छन् ।

यसैगरी महालक्ष्मी नगरपालिका पूर्व मेयर एमालेका रामेश्वर श्रेष्ठ पनि सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा आकांक्षी रहेका छन् । उनका कार्य जनताले देखिसकेकोले एमालेले श्रेष्ठ दिनुपूूर्व विचार पुर्याउनुपर्ने स्थानीको भनाइ छ । सत्ता लिप्त प्रकृति र आफ्नै मात्र स्वार्थ केन्द्रित रहेका श्रेष्ठले ५ वर्षको कार्यकालमा जनतालाई खुखी दिन नसकोकोले फरिपनि उनैलाई टिकट दिएमा देशले सही नेत्तृत्व नपाउने स्थानीयको तर्क छ ।

यसैगरी राधाकृष्ण थापा मगर, राम रावत र विपिन कार्कीले पनि सोही क्षेत्रबाट सोही पदको लागि उमेदवारी दिने वताएका छन् । त्यस्तै एमालेबाटै , आशा राई धुर्व कटुवाल, सहकुल खत्री, पवन केशी पनि आकाक्षी रहेका छन् ।