neapl investment mega bank
  • गृहपृष्ठ
  • उमेदवारले बुझाएको निर्वाचनको खर्च विवरण सार्वजानिक गरिने

उमेदवारले बुझाएको निर्वाचनको खर्च विवरण सार्वजानिक गरिने

Sep 25th, 2022

काठमाडौ ९ असोज

राष्ट्रिय सूचना अयोगले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश निर्वाचन सम्पन्न भएपश्चात कानुन बमोजिम उम्मेदवारले पेस गरेको निर्वाचन खर्चको विवरण सार्वजनिक गर्ने व्यवस्था गर्ने जनाएको छ ।

आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचनका लागि उम्मेदवारले पेस गर्ने मनोनयन पत्र तथा संलग्न कागजात सर्वसाधारण मतदाताले पनि जानकारी पाउने गरी सार्वजनिक गर्ने व्यवस्था गर्ने निर्णय गरिएको जनाएको हो ।

नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुने व्यवस्था गरिएको छ ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, स्वच्छ, पारदर्शी र जिम्मेवार बनाउन तथा मतदाताले अधिकतम् जानकारी पाउने वातावरण बनाउन आवश्यकताका आधारमा निर्वाचन आयोगमा सुझाव पठाउने निर्णय गरिएको छ ।

त्यसैगरी आयोगले सूचनाको सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (२८, सेप्टेम्बर)
विभिन्न कार्यक्रम गरी मनाउने भएको पनि जानकारी दिएको छ ।