काठमाडौ ८ असोज
आगामी मंसिरमा हुने संघिय तथा प्रदेस सभा निर्वाचनमा युुवा उद्यमी शैलेन्द्र बस्नेतले काठमाडौ ५ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका छन् । स्वतन्त्र रुपले राजनीतिमा आएका बस्नेतसंगको कुराकानीको सारसंक्षेप ः
तपाईंले काठमाडौ–५ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुभएको छ । किन स्वतन्त्रबाटै उम्मेद्वारी दिनुभएको ?
तपाई हामी सबैलाई थाहा भाकै कुरा हो । पुराना पार्टीहरुमा बरु ठेकदारलाई टिकट बेचिन्छ तर योग्य व्यक्तिहरुलाई छानेर टिकट दिने चलन छैन । कि त प्रभावशाली नेताहरुको नजिकको मान्छे हुनुप¥यो या त नातेदार आफन्तै हुनुप¥यो । प्रभावशाली नेताहरुको छोरा, भतिजा, श्रीमती भयो भने त्यो सम्भव पनि छ । नत्र ५० वर्षको हुँदा पनि टिकटका लािग उमेरै पुग्दैन । तपाईंले टिकटको कुरा गर्नुभयो भने अहिले नै टिकट ? उमेरै पुगेको छैन भन्ने चलन छ । त्यसैले पनि देशैभरिबाट सैयौं साथीहरु स्वतन्त्र रुपमा उठिराख्नुभाको छ । हामीमा यो देश बनाउने तिव्र इच्छा र हुटहुटी छ । त्यसका लागि साँसद मन्त्री नभई त्यो सम्भव छैन । आफूले देखेको सपना पूरा गर्न आफैं त्यो ठाउँमा पुग्नुपर्ने रहेछ । आज महाविर पुन जस्ता व्यक्तिलाई राज्यले सहयोग गर्छ रु गर्दैन िसरकार खाली जग्गा खोज्छ अनि ठूला ठूला भवन वनाउँछ । जहाँबाट कमिसन आउँछ । म भाको भए पाँच अर्व वजेट छुट्याएर एउटा अनुसन्धान केन्द्र खोलिदिन्थें र महाविर पुनलाई त्यसको सिइओ बनाएर राख्थें । अनि यस्तो भएपछि हामी आफैं त्यो ठाउँमा नपुगी हामीले सोचेको देश बनाउने सपना पुरा हुन सक्छ त ?
ठूला भनिएका पार्टीले हामीजस्ता व्यक्तिलाई टिकट पत्याउँदैनन् । ठूला पार्टीबाट बालेन्द्रजीले टिकट पाउनुहुन्थ्यो होला त ? त्यो असम्भव थियो । त्यहि भएर देश बनाउने ठाउँमा पुग्ने यो भन्दा अर्कोबाटो हामीसँग के छ ? स्वतन्त्र उम्मेद्वारी दिनु हाम्रो वाध्यता पनि हो र साहस पनि हो । सक्षम र देशका लागि केहि गर्छु भन्ने व्यक्तिहरु जसरी पनि राज्यका प्रभावशाली निकायमा पुग्नुपर्छ भन्ने हो । नत्र फटाह र भ्रष्ट्रहरुले देशलाई यसैगरि लुटिरहनेछन् । अर्को कुरा नेताहरुले केहि काम गरेनन् देश डुवाए भनेर हामी दिनरात आलोचना त गर्छौ तर न उहाँहरुले त्यसलाई सुन्नुहुन्छ । न त देशको लागि साँच्चिकै केहि गर्ने प्रयास नै गर्नुहुन्छ । त्यसैले देश विगार्नेहरुलाई हामीले किन निर्वाचित गरेर पठाउने ? उहाँहरुलाई त जनताले रोक्नुप¥यो नि । खरावलाई रोक्ने हो भने बल्ल असल मान्छे जाने हो । सबैले चिया पसलमा आलोचना गरेर मात्रै त त्यो सम्वभ छैन । कसै न कसैले त आँट गर्नुप¥यो । त्यहि भएर मैले उम्मेद्वारी दिएको हो । अब यो देशको खाका हामी कोर्छौ यस अघिका नेताहरुले तीन दशक सम्म देश चलाउनुभयो । तिन दशक देश चलाउँदा उहाँहरुले कति उद्योग खोल्नुभयो? कति रोजगारी सिर्जना गर्नुभयो ? १३ वर्षको अवधिमा ५० लाख नेपालीले देश छाडेर जाने अवस्था कसले बनायो रु उहाँहरुले यो देशलाई वर्वाद बनाउनुभयो । त्यसैले कृपया मेरो विन्ति छ । अब अति भइसक्यो । यो पटक उहाँहरुलाई जसरी पनि रोकौं । र राम्रा मान्छेहरु छानेर पठाऔं ।
संसदमा स्वतन्त्र सासदको भूमिका चाहि के हुन्छ ? अरु सांसद भन्दा फरक के गर्न सक्नुहुन्छ तपाईंहरु ?
हामी संसदमा प्रवेश गर्ने भनेको १ हजार भत्ताका लागि हाजिर गर्न जाने, हाइ गर्ने, निदाउने, आराम गर्न जाने होइन । व्यक्तिगत रुपमा भन्नुहुन्छ भने मलाई त तलव भत्ता नभए पनि हुन्छ । मलाई दालभात खान, गाडी चढ्न आफ्नै कमार्ईले पुग्छ । मेरो इच्छा भनेको देश र जनताका लागि केहि गर्न सकिन्छ कि भन्ने मात्रै हो । देशको यस्तो हालत देखेर कति टुलुटुलु हेरेर बस्ने रु जनताले पत्याए भने केहि गरौंला ,उहाँहरुकै लागि गर्ने हो । नपत्याए पनि ठिकै छ । हिजो साँसद नहुँदा पनि मैले काम गर्दै आको हो । संसदमा जनताकै मुद्धाहरु उठाउन जाने हो । जनताका लागि आवश्यक नीति निर्माण गर्न कानुन बनाउन जाने हो । काम गर्नका लागि जाने हो । भ्रष्ट्राचार गरेर स्वीस बैंकमा खाता खोल्न जाने हैन । बरु जस जसले खाता खोल्नु भाको छ । उहाँहरुको खाता वन्द गरेर त्यो पैसा स्वदेश फर्काउन पहल गर्ने हो ।
स्वतन्त्रै रुपमा पनि हाम्रो उपस्थिति चाहि संसदमा अरु दलमा आवद्ध साँसदको भन्दा अझ सशक्त र प्रभावकारी हुन्छ । किनकी हामी दलको ह्वीप मान्न वाध्य हुँदैनौ । हामी आफ्नो विवेकले काम गर्न स्वतन्त्र हुनेछौ । त्यसो भाको हुनाले दलका साँसद भन्दा स्वतन्त्र साँसदको भुमिका नै महत्वपूर्र्ण हुनेछ । मेयर बालेन्द्र शाहलाई हेर्नुस् । उहाँ कुनै दलको कार्यकर्ता भाको भए त्यसरी काम गर्न सक्नुहुन्थ्यो ?
तपाईंसँग चुनाव जित्नका लागि अरुसँग नभएका फरक एजेन्डाहरु के के छन् ?
बास्तावमा यो देशमा योजना र एजेन्डा नभएर देश विकास नभएको होइन । पैसा नभएर पनि होईन । यहाँ तपाई हामीले चुनेर पठाएका व्यक्तिहरुले÷नेताहरुले सिन्को पनि नभाँचेकोले देश विकास नभएको हो । पार्टीहरुको घोषणा पत्र हेर्ने हो भने उहाँहरुको कुरा सुन्ने हो भने आज यो देश सिंगापुर, स्विट्जरल्याण्ड हैन संसारकै सम्वृद्ध हुनुपर्ने हो । उहाँहरुले देशलाई स्वीट्जरल्याण्ड बनाउने भन्नुभयो ,सिंगापुर बनाउने भन्नुभयो । तर देश झण्डै झण्डै श्रीलङका बनाउनुभयो । त्यसैले यहाँ एजेन्डाको कमी हैन इमान्दारीता र देश बनाउछु भन्ने दृढ अठोट चाहिएको हो । तपाई हामीले दैनिक रुपमा हजारौं समस्या भोगीरहेका छौं । निजी अस्पताल महंगो छ । तर उपचारका लागि त्यहिं जानुपर्ने वाध्यता छ । निजी स्कुलमा छोराछोरी पढाउन गाह्रो छ । तर सकि नसकी त्यहिं पढाउनुपर्ने वाध्यता छ । सरकारले कुनै उद्योग खोल्दैन । नत उद्योग खोल्ने वातावरण नै बनाउँछ । रोजगारीका लागि युवाहरुले पासपोर्ट नवनाई धरै छैन । तपाईं हामीले दैनिक जिवनमा यस्ता दर्जनौं समस्या भोगिरहेका छौं । त्यो भोग्ने म पनि हो । भनेपछि मलाई थप एजेन्डा किन चाहियो ? हामीले भोगीराखेका समस्याहरु समाधानमा इमान्दार भएर लागि पर्ने हो म । यहाँ पानीजहाज देखि रेलसम्मका एजेन्डाहरु आइसके । सोझा सिधा जनतालाई हजारौं सपनाहरु बाँडिए । दश वर्षमा दश हजार २० वर्षमा २० हजार मेघावाट विजुली निकाल्ने एजेन्डा आए । के विजुली निकाल्नुभयो त उहाँहरुले ? विदेशमा लगेर कति वेच्नुभयो? बरु सबै राम्रा आयोजनाहरु विदेशीलाई दिइसक्नुभयो । त्यसैले हावादारी गफ गरेर भएन । इमान्दार भएर काम गर्नुप¥यो रु त्यसैले मलाई के लाग्छ भने एजेन्डा खोज्नै पर्दैन खाली इमान्दार भएर काम गरे पुग्छ । पिएच्डी गरेका एक दर्जन व्यक्तिलाई धुलिखेलको कुनै रिसोर्टमा पठाएर एजेन्डा तय गरेर देश बन्ने हैन ।
अहिलेको पार्टी पद्धतिमा स्वतन्त्रले कसरी काम गर्न सक्छ ?
प्रश्न स्वभाविक हो । तर अहिलेका सबै दलहरु असफल भइसके । दल केका लागि सरकार बनाउनका लागि होला ? सरकार के का लागि जनताको काम गर्नका लागि होला , राम्रो सँग राज्य संचालनका लागि होला । त्यो भएको पाउनुभएको छ त तपाईंले ? त्यसैले जनताले यसको विकल्प खोजिसके । त्यसैको परिणाम हो वालेन्द्र शाह र हर्क साङपाङ । र हामीमा त्यसैगरि काम गर्छौ भन्ने दृढ अठोट छ । अहिले सत्तामा भइरहेका दलहरुले तीन दशक वढी देश चलाउनुभयो । यो अवधिमा काठमाडौंमा कुनै गतिलो पार्क बन्यो ? सडक बन्यो ? रिङरोड कैले चाइनाले बनाइदेला भनेर आश गरेर बस्नुभाछ । चावेलदेखि कलंकीसम्मको १० किलोमिटर बाटो राज्यले बनाउन नसक्ने हो र यीनीहरुले काम नगरेर हो नि , तीन कुनेको एउटा पार्क कैले बन्दैन । यो सबै लाजमर्दो कुरा हो ।
यिनीहरुले राजधानीको खुला जग्गा कुनै पनि बाँकी राखेनन् । जनतालाई सास फेर्ने ठाउँ छैन । तर कमिसनमा विक्रि भएर खाली जग्गाजति सबै भाडामा दिइसके । यिनीहरुका छोराछोरीहरु सबै विदेशमा छन् । अनि उनीहरुलाई देशको माया होला रु देशको माया भए पो केहि गर्ने जाँगर चल्छ रु हामी निर्दलिय व्यवस्थाका पक्षपाती भएर स्वतन्त्र उठेको हैन । अहिलेको व्यवस्थामा भएका विकृतिलाई चूनौति दिन र त्यसलाई सच्याउन सुधार्न अघि सरेको मात्रै हो । भ्रष्ट्र शासकहरुले देशलाई वलात्कार गरेको हेर्न नसकेर मैदानमा उत्रिएको हो । हामी सबै गतिविधि दलिय व्यवस्था अनुरुप संविधानले तोके अनुसार नै गर्ने हो । खालि देश ववार्द पार्नेहरुलाई रोकेर त्यो ठाउँमा योग्य सक्षम इमानदार मानिस पुगोस् र देशको लागि केहि काम होस् भन्ने मात्रै हो । तर एउटा सत्य के हो भने दलीय कार्यकर्ता भन्दा स्वतन्त्रहरुको भूमिका चाहि प्रभावकारी हुनेछ ।
तपाईलाई काम गर्न किन सांसद नै हुनुप¥यो ? आफै पनि कामहरु गर्दै आउनुभएको थियो ।
केही साता अघिको काठमाडौंलाई फर्केर हेर्नुस् त । काठमाडौं महानगर फोहोरको थुप्रोले पुरिसक्यो । संसारभरका मिडियामा फोहोरको समाचार आउन थालिसक्यो । हाम्रो देशको सरकार ,पार्टी र नेताहरु त्यस बारेमा कति गम्भीर हुनुभयो ? एक दिन वालुवाटारमा छलफल भएको थाहा पाउनुभयो ? बानेश्वरमा कुनै साँसद बोलेको सुन्नुभयो? उहाँहरु किन सांसद हुनुभाको ? जनताको पक्षमा काम गर्न हैन , जनताको पक्षमा आवज उठाउन हैन , खै त उहाँहरुले त्यो गर्नुभाको ? उहाँहरु जनताका समस्याका बारेमा छलफल समेत गर्नुहुन्न तर रातारात नागरिकता विधेयक पारित गर्नुहुन्छ । हामी भाको भए सायद त्यस्तो हुँदैन थियो । हामी जनताको विषयलाई, समस्यालाई प्राथमिकता दिन्थ्यौं र जनताको लागि आवाज उठाउँथ्यौं । हामी कसैको गोटी हुँदैनौ । हामी र उहाँहरुवीचको फरक नै यहि हो ।
राष्ट्रले सहि नेतृत्व पाउँदाखेरि हामीले हेर्दा हेर्दै आज चीन र दक्षिण कोरिया कहाँ पुगे? हामीले अस्ति भर्खरैसम्म खाद्यान्न सहयोग पठाउने ठाउँमा आज काम गर्न जानको लागि युवाहरुको कत्रो तछाड मछाड हुन्छ । आज भुटान र वङ्लादेशको समेत अवस्था हाम्रो भन्दा निकै राम्रो छ । तर यति सुन्दर देश सधै संसारकै तन्नम भएर कैलेसम्म बस्ने ? तपाई हामीले चिया पसलमा नेताको कुरा काटेर यो देश समृद्ध हुन्छ ? उद्योगहरु खुल्छन् , रोजगारी पाईन्छ, अझै यहि नेतृत्वले केहि गर्छ भन्ने आशा छ तपाईहरुलाई ? कि यो देश अझ यो भन्दा पनि गए गुज्रेको होस् भन्ने चाहाना छ ? नत्र भने ३० वर्षदेखि यो देश खोक्रो पारेर लुटिरहेकाहरुलाई यो पटक सिंहदरवार प्रवेशमा रोक लाउनैपछ
अर्को कुरा तपाईं हामीले गरेको सानो तिनो कामले राष्ट्रमा खासै ठूलो परिवर्तन आउन सक्दैन । हामी ठूलो परिवर्तन चाहन्छौं । तर त्यसको लागि अघि सर्न डराउँछौ । तपाईको परिकल्पना के छ भने सरकारी विद्यालयलाई राम्रो बनाऔं ,सरकारी अस्पतालको सेवा राम्रो होस् , देशभित्रै रोजगारी होस्, खानेपानीको व्यवस्था राम्रो होस् ,सडक राम्रो होस् । हामी सवैले चाहेको यहि हो । वर्षौ वित्यो तर त्यो भयो त रु त्यसैले तपाईं हामी केहि गरौं भन्ने सोच भाको मान्छे आफैं राज्यको शक्तिशाली निकायमा नपुग्ने हो भने केहि पनि नहुने रहेछ । यो त हामीले अनुभव गरिसक्यौं । त्यसैले अब हामी सबै मिलेर भ्रष्ट नेताहरुलाई विस्थापित गर्नुपर्छ र त्यो ठाउँमा अब तपाई हामी पुग्नुपर्छ ।