neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाली कांग्रेस भक्तपुर सभापति दुर्लभ थापा भक्तपुर क्षेत्र नं २ बाट उमेदवार निश्चित

नेपाली कांग्रेस भक्तपुर सभापति दुर्लभ थापा भक्तपुर क्षेत्र नं २ बाट उमेदवार निश्चित

Sep 23rd, 2022

भक्तपुर ७ असोज

नेपाली कांग्रेसका नेता दुर्लभ थापा भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभाको लागि प्रत्यक्ष उमेदवारको टिकट पाउने निश्चित भएको छ । सभापति निर्वाचित भएका थापा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका थापालाई प्रधानमन्त्री देउवाले यस क्षेत्रमा कांग्रेसका भक्तपुर सभापति दुर्लभ थापा नै उम्मेदवार हुने पूर्वघोषणा गरेका थिए । यस आधारमा कांग्रेसबाट दुर्लभ थापा निर्विकल्प दावेदार बनेका छन् ।

सत्ता गठबन्धन अगाडि देखिएको यस क्षेत्रको टिकटमा कांग्रेस निर्विकल्प हो । किनभने यस क्षेत्रमा हालसम्म कांग्रेसबाहेक गठबन्धनका अन्य दलले दाबी पनि गरेका छैनन् ।त र, कांग्रेस केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र वरिष्ठ पत्रकार कविर राणाले पनि यस क्षेत्रमा उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । प्रधानमन्त्रीको आड पाएपछि टिकट भने दुर्लभले नै पाउने निश्चित भएको स्थानीयको भनाइ छ ।

स्थानीय तह निर्वाचनमा कमाण्ड गरेर पार्टीलाई शक्तिमा ल्याउन सफल दुर्लभ थापाले क्षेत्र नं २ बाट टिकट पाउने कन्फर्मभएको जिल्लाका एक नेताले वताए । सभापति थापाले लोकतान्त्रिक मूल्य मान्यता अनुरुप चलेको मुलुकमा आवधिक निर्वाचन आइरहने हुनाले सबै खाले निर्वाचनका लागि पार्टी सधै तयार भएर बस्नुपर्नेमा वताएका छन् ।

लोकतान्त्रिक मूल्य मान्यता र आदर्श बोकेर चलेको मुलुकमा आवधिक निर्वाचन आइरहो भएकोले सधै तयारी अवस्थामा रहनुपर्ने वताउँदै उनले पार्टी र संगठनलाई बलियो बनाउनुनै आफ्नो उद्देश्य रहेको उल्ल्ेख गरे ।

सो क्षेत्रमा २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा कांग्रेसका रामेश्वर प्रसाद ढुंगेल विजयी भएका थिए भने २०७४ सालको निर्वाचनमा नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को समानुपातिक तर्फका उम्मेदवारको चयनका लागि देहाय बमोजिमको आधार र मापदण्ड तय गरेको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ ।

साथै २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार हुन पाउने छैन । नेपाली कांग्रेसको विधानको धारा ३३ (२) मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा यस अगाडि निर्वाचित भएको व्यक्ति समानुपातिक आधारमा पुनः प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य पदमा पार्टीको तर्फबाट उम्मेदवार हुन नपाउने व्यवस्था छ ।