neapl investment mega bank
  • गृहपृष्ठ
  • ४८ राजनीतिक दलको उम्मेदवारको बन्दसूची दर्ता

४८ राजनीतिक दलको उम्मेदवारको बन्दसूची दर्ता

Sep 20th, 2022

काठमाडौँ ४ असोज

आगामी मंसिर ४ गते हुने संघिय तथा प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीका लागि ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् ।

निर्वाचन आयोगले ६८ दलले निवेदन दिएकोमा ४८ ले मात्रै उम्मेदवारको बन्दसूची दर्ता गराएको जानकारी दिएको छ । प्रदेश सभा सदस्यका लागि पनि सोमबार र मंगलबार नै बन्दसूची दर्ता भएको छ । आयोगका अनुसार प्रदेश १ मा ३६, मधेशमा ३६, बागमतीमा ४०, गण्डकीमा ३१, लुम्बिनीमा ३२, कर्णालीमा २८, सुदूरपश्चिममा ३४ दलले बन्दसूची दर्ता गराएका छन् ।

प्रतिनिधि सभामा समानुपातिक संख्या ११० रहेको छ । समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गर्नका लागि आयोगले आइतबार र सोमबारको कार्यतालिका तय गरेको थियो ।