neapl investment mega bank
  • गृहपृष्ठ
  • रक्तदान कार्यक्रम र निःशुल्क आँखा जाँच

रक्तदान कार्यक्रम र निःशुल्क आँखा जाँच

Sep 19th, 2022

काठमाडौ ३ असोज

लायन्स क्लब अफ काठमाणडौं फूलबारी, आगमन, आयाम, अरणोदय, नेपा भ्याली, आगमन लयो र आयम लियोको संयुक्त आयोजनामा असोज १ गते बिशंखु नारायण मा.वि.को प्राङ्गणमा रक्तदान कार्यक्रम तथा निस्शुल्क आँखा शिविर सम्पन्न भएको छ । रक्तदान कार्यक्रम अन्तर्गत ७० जनाले रक्तदान र २०० भन्दा बढीले निशुल्क आँखा जाचमा गरेका थियो । आँखाका बिरामीहरूलाइ चस्मा र आँखामा राख्ने औसधि पनि निशुल्क उपलब्ध गराइएको थियो ।

उक्त कार्यक्रममा नेपालको इस्पोर्टका राष्ट्रिय टिम डि. आर.एस पनि सहभागी भै रक्तदान गरेका थिए ।
कार्यक्रममा सहभागीहरू र आयोजकलाइ धन्यवाद दिनका लागि गोदावरी नगरपालिका का नगरप्रमुख गजेन्द्र महर्जन, वडा नं १ का अध्यक्ष श्री श्रीराज थापा र लायन्स क्लब अफ काठमाण्डौं एम ३२५ का डिस्ट्रिक गभर्नर महेन्द्र पौड्याल र डिस्ट्रिक चियर पर्सन रीता खनाल उपस्थिति थियो भने पाँच वटै लायन्स क्बल र २ वटा लियो क्लबका पदाधिकारीहरू उपस्थित थिए ।