neapl investment mega bank
  • गृहपृष्ठ
  • भोलिदेखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस

भोलिदेखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस

Sep 16th, 2022

काठमाडौ ३१ भदौ

संसद अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने भएको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले शनिबार मध्यरातदेखि संसदको ११ औँ अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको वताइएको छ । मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुने भएकोले संसद अधिवेशन अन्त्य गरिएको हो।