neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतादाता

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतादाता

Sep 16th, 2022

काठमाडौं ३१ भदौ

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतादाताले मतदान गर्न पाउने भएका छन् । जसमध्ये ३ मंसिरसम्म १८ वर्ष उमेर पुरा हुने ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख ४० हजार ८०६ पुरुष र १८५ अन्यले चुनावमा भाग लिन पाउने छन् । ।

अघिल्लो चुनावमा भन्दा यसपटकको चुनावमा मतदाताको संख्या बढि छ । वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका थिए । आयोगका अनुसार सबभन्दा धेरै मतदाता मोरङमा छन् । त्यहाँ ७ लाख ३५ हजार ५२५ मतदाता छन् ।
सबभन्दा कम मतादात मनाङमा छन् । मनाङमा ६ हजार ७७९ मतदाता छन् ।