neapl investment mega bank
  • गृहपृष्ठ
  • साउनमा संघीय सरकारको खर्च २२ अर्ब २६ करोड रुपैयाँ

साउनमा संघीय सरकारको खर्च २२ अर्ब २६ करोड रुपैयाँ

Sep 15th, 2022

काठमाडौँ ३० भदौ

नेपाल राष्ट्र बैङ्कले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ ।

साउन महिनामा आयात १२.९ प्रतिशतले घटेको छ भने निर्यात २८.७ प्रतिशतले घटेको छ छ । साउन महिनामा कुल वस्तु व्यापार घाटा १०.४ प्रतिशतले घटेको राष्ट्र बैङ्कको तथ्याङ्कमा उल्लेख छ ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २०.३ प्रतिशतले बढेको र अमेरिकी डलरमा १२.५ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति भने २२ अर्ब ६३ करोड रुपैयाँले घाटामा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ४२ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च २२ अर्ब २६ करोड रुपैयाँ र राजस्व परिचालन रु.७९ अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।

विस्तृत मुद्राप्रदाय १.९ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ६।४ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन २.० प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०।०५ प्रतिशतले घटेको छ ।

वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ८.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ११।८ प्रतिशत रहेकोछ ।